भक्तपुर नगरपालिकाको छैटौं नगरसभा सम्पन्न

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, ९ चैत

भक्तपुर नगरपालिकाको छैटौं नगरसभा शुक्रवार सम्पन्न भएको छ। सभाको अध्यक्षता ग्रहण गर्दै नगर प्रमुख सुनिल प्रजापतिले विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरसको जोखिमबाट नगरबासीहरुलाई सुरक्षित राख्न जनप्रतिनिधिहरु सक्रिय भइ लाग्नुपर्ने बताए। भाइरसको संक्रमणको कारण विश्वका १५० भन्दा बढी देशहरु गम्भीर रुपमा प्रभावित भएको र हजारौं मानिसको ज्यान गएको उल्लेख गर्र्दै उनले रोगबाट बच्ने उपायहरुको विषयमा जनताको घरदैलोमा पुगी जानकारी गराउनुपर्नेमा जोड दिए ।

सभाले स्थानीय सरकार सञ्चालन ऐन–२०७६ को परिच्छेद २ दफा ९९३० तथा भक्तपुर नगरपालिकाको कला संस्कृति संरक्षण ऐन २०७५ अनुसार ऐतिहासिक एवम् सांस्कृतिक नगर भक्तपुरको प्राचीन मौलिक शैलीलाई संरक्षण र प्रवर्धन गर्ने ध्येयले तोकिएको चारकिल्ला सिमानाभित्रको क्षेत्रलाई सांस्कृतिक क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।

सभाले भक्तपुर नगरपालिका क्षेत्रको सरसफाइसम्बन्धी विधेयक २०७६, साबिक मापदण्डअनुसार घर÷भवन निर्माण सूचीकरणसम्बन्धी कार्यविधि २०७६, बजेट रकमान्तरणसम्बन्धी प्रस्ताव पारित गरेको छ।

साथै बागमती प्रदेश सरकारले नमुना विद्यालय घोषणा गरेको भक्तपुर नपा वडा नं. ९ स्थित बागीश्वरी माध्यमिक विद्यालयको भौतिक पूर्वाधार तथा विद्यालय सुधार गुरुयोजनासम्बन्धी पञ्चवर्षीय गुरुयोजना नगर कार्यपालिकाको चैत ७ गतेको बैठकले स्वीकृत गरेको सभाले अनुमोदन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *