कञ्चनपुरको गड्डाचौकी नाकाबाट ५० हजार नेपाली भित्रिए

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
महेन्द्रनगर, ९ चैत


नेपालको पश्चिमी नाका गड्डाचौकी नाकाबाट तीन दिनमा ५० हजार ५ हजार ६४ जना भिएका छन् ।
नोबेल कोरोना भाईरसको संक्रमण विश्वव्यापी रुपमा फैलिदैँ गएपछि स्वदेश फर्कीने नेपाली बढेका हुन् । शुक्रवारसम्ममा पुरुष २३ हजार ६ सय ४ र महिला ११ हजार ५ सय ३१ नेपाल फर्किएकोमा शनिवार १५ हजार ४ सय २९ जना नेपाल भित्रिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए ।
जसमा १२ हजार ७ सय ८५ पुरुष र २ हजार ६ सय ४४ जना महिला रहेको छन् । शनिवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डाचौकी बाहेक जिल्लाका अन्य खुला नाकाबाट आवागमनमा पूर्ण रुपमा बन्देज लगाएको छ । साथै गड्डाचौकी नाकामा शनिवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी लगायतले स्थलगत अनुगमन समेत गरेका छन् ।

कोरोना संक्रमणको आशंकामा २ जनालाई आइशोसेलेशन वार्डमा भर्ना

कोरोना भाइरस संक्रमणको आशंकामा दुई जनालाई महाकाली उप–प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
भारतबाट आएका उनीहरूलाई गड्डाचौकी नाकामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि उप–प्रादेशिक अस्पतालको आइशोसेलेशन वार्डमा राखिएको हो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका अधिकृत शिद्धराज भट्टले नाकामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि आईशोसेलेशन वार्डमा राखिएको बताए । उनका अनुसार शनिवार भारतबाट नेपाल भित्रिएका २ जनालाई उच्च ज्वरो देखिएपछि महाकाली अञ्चल अस्पतालको आइशोसेलेशन वार्डमा भर्ना गरिएको हो । उनीहरुमा १०० डिग्री फरेनहाइट भन्दा बढी ज्वरो देखिएको थियो । उनीहरु भारतको हरियाणा र अम्बलाबाट आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमतिको खकार र स्वासको नमुना सङ्कलन गरेर काठमाडौँ पठाइएको अस्पतालले जनाएको छ ।
उप–प्रादेशिक अस्पताल महाकालीमा ६ शैयाको आइशोसेलेशन वार्ड स्थापना गरिएको छ । भने ५० शैयाको क्यारेन्टाइन निर्माणको तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *