सुनसान सीमावर्ती बजार बह्मदेव, कोरोना संक्रमणका कारण मेला बन्द हुँदा करोडौँको कारोबार ठप्प

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

महेन्द्रनगर, ६ चैत


कञ्चनपुरको पुरानो भारतीय सीमावर्ती बजार हो बह्मदेव । भीमदत्त नगरपालिका–९ मा पर्ने उक्त बजारको ३ महिने कारोबारले नै वर्षभरीको व्यवसाय धान्छ ।
फागु पुर्णिमा शुरु हुने पुर्णागिरीको मेलाले सीमावर्ती बह्मदेव बजारमा चहलपल ल्याउँछ । भारतको पुर्णागिरी दर्शनपछि कञ्चनपुरमा रहेको सिद्धनाथको दर्शन गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएकाले बह्मदेवमा वर्षेनी लाखौँ भारतीय दर्शनार्थी एंवम् धार्मिक पर्यटक यहाँ भित्रिन्छन् । तर यस सिजनमा भने विश्वव्यापी रुपमा फैलिएको नोबेल कारोना भाइरसको संक्रमण बढ्दैँ गएपछि भारतको उत्तराखण्ड प्रदेशले पुर्णागिरीको मेला बन्द गरेको छ । उक्त मेला बन्द भएपछि नेपाल आउने श्रद्धालु भक्तजन नेपाल आएका छैनन् ।
‘अन्य समय सुनसान रहने बह्मदेव बजार पुर्णागिरी मेलाको समय निकै चहल पहल हुन्छ ।’ स्थानीय व्यापारी मदनराज पनेरुले भने ‘यहाँको व्यापार भनेकै तीन महिने मेला अवधि नै हो, तर यसपालि कोरोना भाइरसको संक्रमणका कारण मेला बन्द भएपछि व्यवसाय चौपट छ ।’ मेला अवधिमा ३ देखि ५ लाखसम्म कारोबार हुने गरेको उनले बताए ।
मेला लक्षित गरेर स्थानीय व्यवसायीले लाखौँका मालसामान खरिद गरी सकेका छन् । स्थानीय व्यापारी लक्ष्मीदक्त पनेरुको व्यापार पनि मेलामुखी नै हो । मेलाका लागि उनले २ लाखको मालसमान खरिद गरि सकेका छन् ।
‘वर्षभरिको कमाई हुने मेला अवधिमा मात्रै हो’ स्थानीय व्यापारी पनेरुले भने ‘सामान किनेर ल्याई सक्यौ तर मेला बन्द भयो, किन्ने ग्राहक कोही पनि छैन ।’ विशेष गरी फागुनको अन्यतिरबाट शुरु हुनेमा मेला जेठसम्ममा चल्छ ।
त्यस्तै अर्का स्थानीय व्यावसायी खेमराज भट्टले पनि मेला बन्द भएपछि व्यवसाय धरासायी भएको बताए । ‘यति बेला बजारमा चहलपहल हुन्थ्यो दैनिक हजारौँ ग्राहक आउँथे उनले विगत सम्झीदैँ भने ‘अहिले त कुनै दिन बौउनी समेत हुँदैँन्, पसल कुरेर बस्नु पर्ने अवस्था छ ।’
बह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव भट्टले मेला नभएका कारण करोडौँको कारोबार ठप्प भएको बताए । उनका अनुसार मेला समयमा व्यवसायीले ५ लाख देखि ५० लाखसम्ममा कारोबार गदैँ आएका थिए ।
‘यहाँका व्यवसाय भनेकै सिजनल हा,े ३ महिनाको कारोबारले वर्षभरिको व्यापारलाई धान्छ ।’ अध्यक्ष पन्तले भने ‘कतिपय व्यवसायी साथीहरुले सहकारीबाट क्रण लिएर पनि समान खरिद गरेका छन् । मेला बन्द हुदाँ बजारभरीकै व्यवसाय धरासायी बनेको छ, व्यवसायी समस्यामा छन् ।’ उनका अनुसार बह्मदेव बजारमा एक सय बढी व्यवसायी कानुनी रुपले बसेका छन् तर मेला अवधिमा त्यतिकै संख्यामा फड र बजार क्षेत्र र सडक पेटीमा स्थानीयले कारोबार गर्छन् ।
त्यस्तै भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले पनि बह्मदेव बजार मेला आश्रीत भएको बताए । उनका अनुसार पछिल्लो समय फैलिएको कारोना भाइरसका कारण मेला प्रभावित भएपछि स्थानीय व्यवसायीलाई जिविका चलाउनै समस्या पर्ने अवस्था छ ।

६० लाखको मन्दिर प्रसादीे ठेक्का अन्योलमा

सिद्धनाथ मन्दीर व्यवस्थापन समितिले मेला अवधिका हुने प्रसादी कारोबारका लागि ६० लाखको ठेक्का सम्झौता गरेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर खड्काले मेला बन्दका भक्तजन दर्शन गर्न नआएपछि प्रसादीको ठेक्का समेत अन्योलमा परेको बताए ।
उनका अनुसार मन्दिर व्यवस्थापन समितिले मेलौली टे«डर्स एण्ड सप्लायर्ससँग ६० लाखमा प्रसादीको ठेक्का सम्झौता गरेको छ । मेलाका समयमा मन्दिर परिसरभित्र तथा वरिपरि प्रशादी विक्रीका लागि समितिले हरेक वर्ष ठेक्का दिँदैँ आएको थियो । ‘कोरोना भाइरसको संक्रमणकालले मेला बन्द भयो, दर्शन गर्न कोही आउँदैँन् अध्यक्ष खड्काले भने ‘प्रसादी ठेक्का धरौटी फिर्ता गर्न ठेकेदारले माग गरिरहेको छ ।’ उनका अनुसार मेला अवधिमा दैनिक ३० देखि ५० हजार बढी दर्शनार्थीे सिद्धनाथको दर्शन गर्छन् ।
समितिको मुख्य आयस्रोत प्रसादी, भेटी र दानपेटीकाबाट संकलन हुने रकम भएकाले मेला बन्द हुँदा मन्दिरको व्यवस्थापन पनि समस्या भएको उनको भनाइ छ ।

महेन्द्रनगर बजार कारोबार पनि प्रभावित

भारतको पुर्णागिरी दर्शानपछि अधिकांशं भारतीय भीमदक्त नगरपालिका–४ मा रहेको सिद्धनाथको मन्दिरको दर्शन गर्न आउँछन् । बजार क्षेत्रमै पर्ने उक्त मन्दिरको दर्शन गर्न आउने दर्शनार्थीका कारण महेन्द्रनगरको कारोबार बढ्थ्यो । तर यसपालि पुर्णागिरी मेला बन्द भएपनि नेपाली बजार महेन्द्रनगरमा पनि त्यसको असर परेको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंङ्ग बहादुर मल्ल मेला बन्द भएकापछि महेन्द्रनगर बजार क्षेत्रको कारोबारमा ठुलो ह्रास आएको बताए । उनका अनुसार मेला समयमा ठुलो संङख्यामा हुने भारतीयको चलहपलका कारण नेपाली वस्तुको कारोबार राम्रो हुन्छ । यस पटक कारोना भाइरसको संक्रमण र मेला बन्दका कारण यस क्षेत्रको अर्वौंको कारोबार धरासायी बनेको उनको भनाइ छ । भारतको पुर्णागिरी दर्शनपछि कञ्चनपुरको ब्रह्मदेव र महेन्द्रनगरस्थिच सिद्धनाथको दर्शनका लागि भारतीय यहाँ आउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *