भक्तपुर नपामा तार भूमिगत गर्ने विषयमा छलफल

विशेष समाचार समाचार

भक्तपुर, ४ चैत


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नेपाल विद्युत प्राधिकरणको भक्तपुर–ललितपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भक्तपुरमा तार भूमिगत गर्ने विषयमा मंगलबार छलफल भएको छ ।
भक्तपुरको मुख्य सडकमा अव्यवस्थित रहेका तारहरुको भूमिगत गर्ने रुटहरुबारे सरोकारवाला पक्षहरुबीच छलफल भएको हो । सो आयोजना एसियाली विकास बैंक र नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारको सहयोगमा हुनेछ र मेशिनबाट खाल्डो खन्ने आधुनिक प्रविधि उपयोग गरी तार भूमिगत गरिने जानकारी छलफलमा बताइएको छ ।
छलफलमा भक्तपुर नपाका प्रप्रअ इन्द्रप्रसाद रिजाल, वडाध्यक्षहरु रवीन्द्र ज्याख्व, उकेश कवां, हरिप्रसाद बासुकला, आयोजनाका उप–कार्यकारी निर्देशक मनोज सिलवाल, प्रबन्धक जुजुरत्न शाक्य, उपप्रबन्धक वीरेन्द्रकुमार झालगायतको उपस्थिति रहेको थियो ।
तार भूमिगत गर्ने सम्बन्धमा जनप्रतिनिधिहरु र ख्वप इन्जिनीयरिङ कलेजका प्राविधिकहरुले अध्ययन गरी प्रस्ताविक योजनामा सुधार गर्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *