थप ९३६ जनामा कोरोना संक्रमण, ९ हजार ८८१ सक्रिय संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३० मंसिर

पछिल्लो २४ घण्टामा नेपालमा ९३६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मंगलबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४५७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ८८१ जना सक्रिय संक्रमित छन्।

आज १ हजार ९९६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *