ललितपुर, १९ माघ
आज विहान करिब ११ बजे बखुण्डोलस्थित एक कवाडी गोदाममा आगलागी भएको हो।के कारणले आगलागी भएको खुलेको छैन।घटनामा दुई जना घाइते भएका छन्। गोदाम सञ्चालक र कामदार घाइते भएको र उनीहरूलाई उद्धार गरी अल्का अस्पताल लगिएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरका दमकल प्रयोग गरिएको छ।