जलअप्सरा अचेल पोखरामा देखिँदैनन्

पोखरा, २१ माघ चुच्चो ठुँड र लामो पुच्छर, रातो टाउको र रंगीविरंगी प्वाँख भएका ‘जलअप्सरा’ अचेल पोखरामा देखिँदैनन्। पानीपोखरी र घाँसे तलाउमा बस्ने यो चराको बथान पाँच वर्षअघि पोखराका सिमसारमा भेटिन्थे। अंग्रेजीमा ‘फिजाइन्ट– टेल्ड जक्याना’ भनिने जलअप्सरा पोखराबाट ‘लोप’ भइसक्यो। यसको बथान कहिल्यै नफर्किने गरी अन्यत्र बसाइँ गयो या मासियो यसै भन्न सकिने अवस्था भने […]

Continue Reading

भक्तपुरमा दुई ‘स्याटेलाइट सिटी’ बनाउन डीपीआर तयार

फाइल फोटो। भक्तपुर, २१ माघ  सरकारले भक्तपुरका दुई ठाउँमा ‘स्याटेलाइट सिटी’ बनाउने भएको छ। उपत्यकाभित्र बनाइने चारमध्ये दुई भक्तपुरमा बन्ने भएको हो। उपत्यका विकास प्राधिकरणले भक्तपुरमा निर्माण हुने ‘स्याटेलाइट सिटी’को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गरेको छ। सरकारले काठमाडौं उपत्यकाको पूर्वतर्फ करिब एक लाख रोपनीमा फैलिने गरी सबैभन्दा ठूलो अत्याधुनिक शहर बनाउने भएको हो। उपत्यकाबाट […]

Continue Reading

प्रदेशसभामा नेमकिपाको वैचारिक सङ्घर्ष जारी

 यशराज भक्तपुर, २१ माघ देशमा पहिलो पटक प्रदेशसभाको निर्वाचन सम्पन्न भएको दुई वर्ष बितिसकेको छ । प्रदेश नं ३ का सांसदहरूले पहिलो पटक २०७४ सालको माघ ७ गते शपथ खाएका थिए । इतिहासमै पहिलो घटनाको रूपमा प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक माघ १८ गते हेटौँडामा शरू भयो । अन्य ६ वटा प्रदेशले पनि आ–आफ्नो ढङ्गले क्रमशः गतिविधि अगाडि […]

Continue Reading

विश्व क्यान्सर दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

भक्तपुर, २१ माघ ‘म हुँ, म गर्छु’ भन्ने मूल नाराका साथ भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा विश्व क्यान्सर दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम अस्पताल प्रांगणमा मंगलबार सम्पन्न भयो । कार्यक्रममा सम्बोधन र्गुँदै भक्तपुर नपाका प्रमुख एवम् भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले निजी क्षेत्र र एनजीओ÷आइएनजीओलाई सरकारले अस्पताल सञ्चालन स्वीकृति दिएकका कारण सरकारी अस्पतालको स्तरोन्नति हुन […]

Continue Reading

प्याराग्लाइडिङ विश्वकपको ‘एसियन टुर’ पोखरामा, ३० देशका १ सय २५ प्रतिस्पर्धीले भाग लिने

पोखरा, २१ माघ प्याराग्लाइडिङ विश्वकप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ ‍औँ संस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ। नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सो प्रतियोगितामा हुनेछ। नेपालसहित, चीन, जापान, भारत, कोरिया, अमेरिका, बेलायत, स्वीटजरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, […]

Continue Reading

भक्तपुर नपा वडा नं. १ मा तीनदिने आत्मरक्षा तालिम सुरू

भक्तपुर, २१ माघ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आत्मरक्षा भनेको आफ्नो सुरक्षा आफै गर्ने कला भएको बताए । भक्तपुर नगरपालिकाको आयोजनामा भएको तीनदिने आत्मरक्षा तालिमको उद्घाटन समारोहमा प्रमुख प्रजापतिले जीवनको सुरक्षा सबभन्दा महत्वपूर्ण हुने बताउदै संकटको समयमा आफू सुरक्षित भई अरुको उद्धार गर्न पनि तालिमको आवश्यकता हुने बताए । विद्यार्थीहरुलाई किताबी ज्ञानसँगसँगै अतिरिक्त क्रियाकलाप र […]

Continue Reading

पुस्तक समीक्षा : अल्टिमेट आकाश : उडी छुनु चन्द्र एक

~गोबिन्दसिंह रावत~ साहित्य के हो र केका लागि लेखिन्छ ? यसको उत्तर आफैमा निर्भर पर्ने कुरा हो। म भन्छु मनका परिकल्पनाहरूलाई वस्तु तथ्यमा उतारेर हेर्ने माध्यम साहित्य हो । आफ्नो सखानभतिलाई शब्दमा रूपान्तरित गरेर हेर्न शाब्दिक घोषणा पत्रसाहित्य हो। अझ भनौं, मातृभाषाप्रतिको आस्था र समाज सचेतताको माध्यम हो साहित्य । नेपाली साहित्यको इतिहास पल्टाएर हेर्न […]

Continue Reading

विश्व प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर, २१ माघ भक्तपुर नगरपालिकाले २०७२ सालको भूकम्प र त्यसपछिका पराकम्पले क्षति पुर्याएको भक्तपुर नगरको प्रसिद्ध ङातापोल मन्दिरको जीर्णोद्धार ६५ लाख १३ हजार ३५८ रुपैयाँको लगत इस्टिमेट तयार गरी जीर्णोद्धार सुरु गरेको छ । नेपालकै अग्लो विश्व प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धारसम्बन्धी अन्तरक्रिया कार्यक्रम भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार भनपा सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा बोल्दै नेपाल […]

Continue Reading

शारीरिक र मानसिक रुपमा स्वस्थ रहन खेलकुद आवश्यक

भक्तपुर, २१ माघ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा श्वेत भैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको अन्तर सहकारी बुद्धिचाल प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम आइतबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले खेलकुद प्रतियोगिताले व्यक्तिको शारीरिक र मानसिक विकास गर्नुका साथै व्यक्तित्व विकासमा सहयोग गर्ने जानकारी दिन्दै युवा पुस्तालाई सही मार्गमा दो¥याउनको […]

Continue Reading

प्रदीपले विराजलाई भने- ‘हाम्रो एक्सन स्टार’

काठमाडौं, २१ माघ नेपालमा एउटा कलाकारले अर्को कलाकारलाई साथ-सहयोग गरेको निकै कम देख्न पाइन्छ । बरु, कसरी हुन्छ एकअर्काको खुट्टा तान्न अगाडि सर्छन् । अर्को कलाकारको फिल्म नचल्दा खुसी हुने र फिल्म चल्यो भने आफ्नो फिल्म नचल्दाभन्दा बढी दुःखी हुन्छन्, नेपाली कलाकार । नेपालमा एउटा कलाकारले अर्को कलाकारको फिल्मलाई सहयोग गरेका उदाहरण ज्यादै कम छन् […]

Continue Reading