काठमाडौं, १९ माघ
मच्छिन्द्र क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। मच्छिन्द्रले शनिबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २(१ ले हराएर शीर्ष स्थानमा फर्किएको हो। खेलमा अग्रता भने एपिएफले लियो। एपिएफका लागि रमेश दंगालले ४३ मिनेटमा गोल गरेका थिए।
पहिलो हाफमा १(० ले पछि परेको मच्छिन्द्रका लागि विशाल राई बीले ४८ मिनेटमा बराबरी गोल फर्काए। ७९ मिनेटमा रन्जित धिमालले गोल गरेपछि मच्छिन्द्रले २(१ गोलले पराजित गर्यो। जितसँगै मच्छिन्द्रले १० खेलबाट २२ अंक जोडेको छ। दोस्रो स्थानको आर्मीले एक खेल कम खेल्दै २० अंक जोडेको छ। एपिएफ भने १० खेलबाट ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा उक्लियो।