शिक्षा जनताको सेवाको लागि हुनुपर्ने

भक्तपुर, १६ माघ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पारागन एकेडेमीको १७ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रमको बिहीवार दीप प्रज्ज्वलन गरी उद्घाटन गरियो । प्रमुख प्रजापतिले अभिभावक र विद्यार्थीहरुले पैसा कमाउन र व्यक्तिगत सुख सुविधाको लागि नभई देश र जनताको सेवा गर्ने उद्देश्यले पढाउनुपर्ने बताउँदै भविष्यमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने सोचले शिक्षा, भूगोल, […]

Continue Reading

अरनिको सभाभवन निर्माणस्थल परिसरमा सरसफाइ

भक्तपुर, १५ माघ भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार अरनिको सभाभवन निर्माणस्थल परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । पाक्षिक सरसफाइ कार्यक्रम अन्तर्गत भक्तपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हरिराम सुवालले अरनिको सभाभवन निर्माणका लागि २८ रोपनी क्षेत्रफल छुट्याइएको जानकारी दिए । भवन निर्माणको लागि प्रदेश सरकारबाट बजेट दिने आश्वासन समेत प्राप्त भएको बताए । […]

Continue Reading

एमसीसी र हिन्द–प्रशान्त सैन्य गठबन्धनको विरोध नेमकिपा स्थापना दिवसको मुख्य एजेन्डा

भक्तपुर, १० माघ आज माघ १० गते, नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवस । नेमकिपा स्थापना दिवसको सन्दर्भमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग समसामयिक विषयमा गरेको कुराकानी प्रस्तुत छः अध्यक्षज्यू, नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना । पार्टी स्थापना दिवसको अवसरमा पार्टी कार्यकर्ता, समर्थक र नेपाली जनतालाई के सन्देश दिन […]

Continue Reading

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै साँगीतिक महोत्सव

भोजपुर, ५ माघ नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै टेम्केमैयुङ गाउँपालिकाको आयोजनामा पर्यटकीय साँगीतिक महोत्सव हुने भएको छ । यहि फागुन १३ र १४ गते गाउँपालिकामा टेम्केमैयुङ मुन्दुम पर्यटकीय साँगीतिक महोत्सव २०७६ हुने भएको हो । कार्यक्रम मार्फत गाउँपालिका भित्रका चलचित्र, साहित्य, सांगितिक, खेलकुद, पर्यटन क्षेत्रका अग्रज तथा उत्कृठ एक÷एक जनालाई सम्मान गरिने गाउँपालिका […]

Continue Reading

स्यार्पूताल छेउमा हेलिप्याड निर्माण

रुकुम, ५ माघ स्यार्पूताल छेउमा हेलिप्याड निर्माण गरिएको छ । रुकुम (पश्चिम) को बाँफिकोट गाउँपालिका –३ स्यार्पूतालको छेउमा हेलिप्याड निर्माण गरिएको हो । बाँफिकोट गाउँपालिका र नेपाली सेनाको नरसिंह दल गणको सहकार्यमा हेलिप्याड निर्माण गरिएको छ । सबैखाले विपदको समयमा आकस्मिक उद्दार कार्यको सहजताका लागि हेलिप्याड निर्माण गरिएको हो । हेलिप्याड निर्माण सम्पन्न भएसँगै औपचारिक […]

Continue Reading

शिक्षा क्षेत्रको भौतिक सुधारका लागि रु. ९ करोड खर्च गरिँदै

सल्यान, ५ माघ सल्यानमा शिक्षा क्षेत्रको भौतिक सुधारका लागि करिब ९ करोड रुपैयाँ खर्च गर्न लागिएको छ । चालू आर्थिक बर्ष २०७६।७७ मा जिल्लामा शिक्षा क्षेत्रको सुधारका लागि कर्णाली प्रदेश सरकारले रु. ९ करोड ४० लाख खर्च गरेर भौतिक संरचना निर्माण गर्न लागेको सामाजिक बिकास कार्यालय सल्यानले बताएको छ । जस अन्तर्गत जिल्लामा २८ वटा […]

Continue Reading

आज माघे संक्रान्ति देशभर मनाइँदै

भक्तपुर, १ माघ आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ ।आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारालगायतका स्थानमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको […]

Continue Reading

लिच्छविकालीन सांस्कृतिक निधि ङालाकेगु जात्रा माघ २ गते सूर्यमढीमा

नारायणमान बनमाला भक्तपुर, १ माघ सांस्कृतिक तथा ऐतिहासिक नगर भक्तपुरको जीवित देवीको रूपमा पुजिने श्री नवदुर्गा देवगणको ङालाकेगु जात्रा यस वर्ष पुस २९ गते मङ्गलबारदेखि भक्तपुर नगरपालिका वडा नं. ९ सूर्यमढी त्वःचाबाट वापी पाछाकेगु अथवा तःसि (बिमिरो) ललायेगु जात्राबाट शुभारम्भ हुन्छ । माघ २ गतेदेखि स्थानबाट जात्रा प्रारम्भ हुन्छ । मानव समाजमा आधारित दैनिक जीवनको आचरणबारे […]

Continue Reading

भक्तपुर घरेलु तथा साना उद्योग संघको २९ औं साधारणसभा सम्पन्न

भक्तपुर, १ माघ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर घरेलु तथा साना उद्योग संघको २९औं तथा महिला उद्यमी समितिको २७ औं वार्षिक साधारणसभाको उद्घाटन सोमबार भएको छ । कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले नेपाल सरकारको उद्योग नीति आलोचनायोग्य भएको बताउँदै नेपाली कर प्रणाली प्रगतिशील हुनुपर्नेमा जोड दिए । विदेशी पूँजीको पैसाले […]

Continue Reading

ऐतिहासिक भैरवनाथ मन्दिर पुनर्निर्माणसम्बन्धी आय–व्यय र पुस्तक सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

भक्तपुर, १ माघ २०७२ सालको भूकम्पले क्षति पु¥याएको विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको ऐतिहासिक भैरवनाथ मन्दिरको पुनर्निर्माणसम्बन्धी आय–व्यय र पुस्तक सार्वजनिकीकरण कार्यक्रम मंगलबार भक्तपुरको टौमढीमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सोही समारोहमा भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ऐतिहासिक भैरवनाथ मन्दिर जीर्णोद्धार २०७६’ र ‘भैरवनाथ मन्दिर जीर्णोद्धारसम्बन्धी […]

Continue Reading