विदेशी विद्यार्थीलाई अस्ट्रेलियाको विश्वविद्यालयले १० लाख डलर सहयोग गर्ने

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ५ बैशाख

अस्ट्रेलियाको उच्च शिक्षा प्रदायक मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)ले कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि वित्तीय समस्यामा परेका विदेशी विद्यार्थीहरूलाई १० लाख डलर सहयोग गर्ने भएको छ ।

एमआईटीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विदेशी विद्यार्थीका लागि सहयोगको घोषणा गरेको हो ।

यस्तो सहयोग एमआईटीकै कोर्स अध्ययन गरिरहेका वा फेडेरल युनिभर्सिटीको कोर्स एमआईटीमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई प्रदान हुने विश्वविद्यालयले जनाएको छ ।

एमआईटीको मेलवर्न र सिड्नी दुवै क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले यो सुविधा पाउनेछन् । यो योजनामा एक विद्यार्थीले पाँच सय डलरसम्मको सहयोग पाउनेछन् ।
यद्यपि, वितरण मापदण्ड बन्न बाँकी छ ।

एआईटीले विदेशी विद्यार्थीहरुले गरेको योगदानको कदर गर्दै उनीहरुलाई यो संकटको घडीमा सहयोग गरिने बताएको हो । अहिले अष्ट्रेलियामा महामारी नियन्त्रणको लागि लगाइएको लकडाउनले पार्टटाइम काम गरेर पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीको रोजगारी खोसिएपछि उनीहरु आर्थिक समस्यामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *