तरकारी व्यवसायबाट मनग्य आम्दानी

अर्थ/वाणिज्य समाचार

सरिता गिरी
भक्तपुर, २ साउन


भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ्गमा व्यावसायिक तरकारी
खेतीबाट राम्रो आम्दानी हुने गरेको छ । बेमौसमी तरकारी खेती गर्दै आइरहेका छालिङ्गका स्थानीय
बासिन्दा जेठ महिनामा व्यापार राम्रो हुने र मनग्य आम्दानी गर्न सकिने बताउँछन् । तरकारी व्यवसाय गर्दै
आएकी स्थानीय सुमित्रा खड्काले आफ्नो खेतबारीमा बोडी, भान्टा, गोलभेडा, फर्सीलगायतका
तरकारी बाली लगाएको बताउँछन् । उनले एक महिनामा मात्र तरकारी व्यवसायबाट ३० हजारभन्दा
बढी आम्दानी गरेको बताए ।

बजारमा गोलभेडाको मूल्य आकाशिँदै गइरहेको छ । विदेशबाट फर्केर
गोलभेडा खेती गर्दै आएका राजेन्द्र लवजुले यसैबाट घर खर्च, बालबच्चाहरुको पढाई खर्च व्यहोर्दै
आइरहेको बताए । उनले १ रोपनी क्षेत्रफलमा गोलभेडा खेती गरेको उल्लेख गरे ।
भौगोलिक बनावटको सन्दर्भमा यस क्षेत्रको माटोमा बढी उब्जनी हुने गरेको र यस क्षेत्रबाट उत्पादन भएका
तरकारीहरु भक्तपुर तथा बाहिरी जिल्लामा समेत जाने गरेको उनले जानकारी दिए । यातायातको सुविधा
खेतबारीसम्म भएपछि तरकारी खरीद गर्न बाहिरबाट समेत व्यापारीहरु आउने गरेको व्यापारी राम दुवालले
जानकारी दिए । उनले यस क्षेत्रलाई तरकारी पकेटको रुपमा बिस्तार गर्नुपर्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *