राधाकृष्ण मन्दिर निर्माण सुरु

कला/साहित्य समाचार

सरिता गिरी
भक्तपुर, २ साउन


सूर्यविनायक नगरपालिका वडा नं. ५ कोलडाँडामा रहेको राधाकृष्ण मन्दिर निर्माण सुरु भएको छ । चालू आ.व. मा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य प्रारम्भ भएको छ । प्रदेश नं. ३ का प्रदेश सदस्य रजनी जोन्छेको पहलमा प्रदेश नं. ३ भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित रु. ५० लाखको लागतमा मन्दिर निर्माण सुरु भएको राधाकृष्ण मन्दिर निर्माण समितिका सचिव रञ्जनराज ढुङ्गेलले जानकारी दिए । तामाको छानो सहित पुरातात्विक शैलीमा निर्माण हुने उक्त मन्दिरमा कूल लागत रू. ७८ लाख ५९ हजार राखिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *