पानीघट्ट अझै लोकप्रिय

अर्थ/वाणिज्य विशेष समाचार समाचार

सुनिता खड्का
भक्तपुर, २ साउन


प्रविधिको विकाससँगै आधुनिक घट्ट प्रयोगमा आएपनि परम्परागत पानीघट्टको प्रयोग घटेको छैन । बिजुलीबत्ती पुगेका जिल्लाका अघिकांश स्थानमा पानीबाट चल्ने घट्ट विस्थापित भएका छन् । तर बिजुली नपुगेका ठाउँमा अझै परम्परागत पानीघट्ट लोकप्रिय छन् । रुविभ्याली गाउँपालिका स्थित लिप्ल्ङिकी सर्जुमाया तामाङ घट्ट चलाएर गुजारा चलाउने गर्छिन् । हाम्रो जस्तो बिजुलीबत्ती नपुगेको ठाउँमा यसको प्रचलन उत्तिकै लोकप्रिय छ, तामाङले भनिन्, ‘दिनभर मकै कोदो लगायतको अन्न पिस्ने गर्छु । यसले नै जीविका धानिरहेको छु ।’ परापूर्वकालदेखि नै घट्टबाट पिसेको अन्नले दैनिक भान्सा पाक्ने गरेका तामाङ बताउँछिन् ।
जिल्लाका अधिकांश ठाउँमा बिजुलीबत्ती मोटर माटोको सुविधा पुगको छैन । पुगेका ठाउँमा पनि दैनिक जीवनको लागि अति आवश्यक पर्ने कुटानीपिसानीको आधुनिक मिल छैन । यसले गर्दा अझै पनि पानीघट्टमा नै आश्रित हुनु परेको छ । स्थानीयले गाउँमा उत्पादन भएका अन्नबाली पिस्नेको लागि खोला किनारमा पानीघट्ट बनाएर गुजारा चलाउँदै आएका छन् । दिनभरि लगाएर घट्टमा पालो पर्खेर फापर, गहुँ, मकै पिस्ने गरेको स्थानीयवासीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *