साउन महिनामा हरियो पहेलो चुराको फेशन

कला/साहित्य समाचार

सुनिता खड्का

भक्तपुर, २ साउन

साउन महिनाको आगमनसँगै हरियो पहेलो चुरा र पोतेको व्यापार बढेको छ । यो महिनामा अन्य श्रृंगारिक सामानभन्दा हरियो पहेलो र पोतेका व्यापार हुने गरेको व्यापारी बताउँछन् । विवाहित महिलादेखि अविवाहित युवतीहरुको हातमा टम्म हरियो पहेलो चुरा देखिन्छ ।
भक्तपुरको बजारमा भेट भएको अनिता ढकाल हातमा टम्म हरियो चुरा पहेलो चुरा लगाएकी छन् । हातमा चुरा बजेको आवाज निकै मन पर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘साउनमा हरियो र पहेलो चुराको फेसन छ, त्यही भएर हरियो चुरा लगाएकी छु ।’
उनले आमा भाउजुलाई पनि हरियो चुरा उपहार दिएकी छन् । ‘म हरेक साउनमा हरियो चुरा लगाउँछु’ सुर्यविनायकको बजारमा भेट भएकी विना कार्की भन्छिन्, ‘साउनमा हरियो पहेलो चुरा नै सौभाग्यको प्रतीक मानिने भएकोले उपहारका लागि पनि हरियो पहेलो चुरा छानेकै छु ।,’ उनले तीन दर्जन हरियो चुरा किन्दै भन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *