सरिता गिरी
भक्तपुर, २ साउन

चाँगुनारायण साहित्यिक समाजको आठौं नियमित साहित्यिक भेला औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको समाकक्षमा सम्पन्न भएको छ । समाजका अध्यक्ष लालबहादुर भुजेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सदस्य बसन्ती भुजेलले सञ्चालन गरिन् । सो कार्यक्रमलाई स्वागत गर्दै सचिव बाबुकाजी सुवालले साहित्य समाज परिवर्तन गर्नका लागि लेखिने भनिए पनि यस्ता साहित्यिक कार्यक्रममा सुन्ने र सुनाउने दुवै काम साहित्यकारले मात्र गर्ने भएकाले साहित्यबाट प्रत्यक्षरुपमा समाजले लाभ उठाउन नपाएको विचार व्यक्त गरे ।
कार्यक्रममा साहित्यकारहरु दधिराम गेलाल, श्याम माकजू, बसन्त नकर्मी, मोक्षबहादुर अमात्य, कविन्द्रलाल प्रधान, पदम प्रसाद दाहाल, सुरेन्द्रलाल भुजू, तेजकृष्ण श्रेष्ठ, ओम प्रसाद कोइराला, रमेश प्रसाद न्यौपाने, केशव रुपाखेती, रामशरण न्यौपाने, बाबुकाजी सुवाल, सुरेन्द्र साखकर्मी, डिल्लीप्रसाद मुल्तिहुन, बसन्ती भुजेल, लालबहादुर भुजेल लगायतले आ–आफ्नो रचनाहरु वाचन गरेका थिए । यस्ता साहित्यिक कार्यक्रममा साहित्य बाचन मात्रै नगरिकन विविध विधाका साहित्यिक रचनाहरुको नियमहरुबारे पनि छलफल हुनुपर्ने चर्चा गरिएको थियो । उक्त अवसरमा समाजका अध्यक्ष लालाबहादुर भुजेलले साहित्यकार कविन्द्रलाल प्रधानलाई समाजको आजीवन सदस्यता प्रदान गरे ।