सुनिता खड्का
भक्तपुर, २७ असार
भक्तपुर चाँगुनारायण नगरपालिका-४ मा रहेको एैतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र चाँगुनारायण मन्दिरको क्षेत्र वरिपरि वृहत सरसफाइ कार्यक्रम हुने भएको छ । भोलि असार २८ गते शनिवार विहान ६ बजेदेखि १० बजेसम्म उक्त मन्दिरको सरसफाइ गरिने नगरपालिकाले जानकारी िदिएको छ ।
उक्त कार्यक्रममा चाँगुनारायण न.पा.का प्रमुख लगायतका जनप्रतिनिधिहरूको पनि उपस्थिति रहने नगरपालिकाका एक कर्मचारी हरिशरण लामिछानेले बताए । चाँगु बसपार्कमा भेला भर्इ मन्दिरको हाता वरपर सरसफाइ गर्दै पउवासम्म सरसफाइ गर्ने योजना तय गरिएको बताइएको छ । साथै त्यही दिन उक्त क्षेत्रमा बृक्षरोपण पनि हुने र सम्पूर्ण नगरबासीलार्इ सहभागी हुन नगरपालिकाले अनुरोध गरिएको छ ।