पछिल्लो २४ घण्टामा देशभर १४ कोरोना संक्रमितको मृत्यु  

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ११ कात्तिक

पछिल्लो २४ घण्टामा देशभर  १४  जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८७६ पुगेको छ।

स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय ७० जना नयाँ संक्रमित थपिएका हुन्।

योसँगै देशभर कूल संक्रमितको संख्या १ लाख ६० हजार ४००  पुगेको छ। आज देशभर    ४० हजार ६८१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

३ हजार १६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म १ लाख १८ हजार ८४३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *