जाने होइन मुहानपोखरी

अर्थ/वाणिज्य कला/साहित्य विशेष समाचार समाचार

सुनिता खड्का
भक्तपुर, २७ असार


विगत ३ वर्ष अघिदेखि मुहानपोखरी एक आकर्षण केन्द्रको रुपमा चिनिएको छ । चाँगु न.पा. ६ मा रहेको यस झरना वर्षा सुरु भए पछि सुरुवात हुन्छ । बर्खा घामको सुवातसंगै त्यहाँ आउने मानिसहरुको संख्या पनि दिन प्रतिदिन बृद्धि हुन्छ । शान्त, सुन्दर, हरियाली वातावरण, वन जङ्गल र ग्रामीण क्षेत्रमा अवस्थित भएको कारणले गर्दा आजभोलि यस झरना युवायुवतीको लागि आकर्षक केन्द्रको रुपमा रहेको छ ।
उपत्यका र आसपासका जिल्लाबाट समेत बस रिजर्भ गरी युवायुवती परिवार र इष्टमित्रहरु यस झरनामा नुहाउन र घुम्न आउने गरेका छन् । यो एक पर्यटक क्षेत्र पनि भएको छ । नगरकोट जाने पर्यटकहरु पनि यस झरनामा रमाइ रमाइ नुहाउने गरेका छन् । असार २५ गतेदेखि नै मुहानपोखरीमा मानिसहरुको चहलपहल सुरु भएको देखिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *