प्यूठानमा तरकारी तथा फलफुलमा मुल्यबृद्धि

अर्थ/वाणिज्य समाचार

प्यूठान,१७ असार


सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफुलमा कडाई गरेपछि प्यूठानमा तरकारी तथा फलफुलको आकाशिएको छ । बिषादी परिक्षण बिना तरकारी तथा फलफुल आयातमा सरकारले रोक लगाएपछि प्यूठानमा यसको असर परेको हो । अहिले जिल्लामा तरकारी तथा फलफुलको मुल्य ३० प्रतिशतदेखि ५० प्रतिशतसम्म मुल्यबृद्धि भएको छ । सरकारले भन्सारमा बिषादी परिक्षण गरेर मात्र आयात गर्ने ब्यवस्था गरेका कारण जिल्लामा यसको मुल्यबृद्धि भएको हो । भारतबाट तरकारी तथा फलफुल आयात नहुदा महगोमा तरकारी उपभोग गर्न बाध्य भएको उपभोक्ताले गुनासो गरेका छन् ।

भन्सारमा तरकारी तथा फलफुल जन्यबस्तुमा कडाई गर्दा तरकारी र फलफुलको मुल्य ५० प्रतिशतसम्म बृद्धि भएको प्यूठानका तरकारी तथा फलफुल ब्यवसायिहरु बताउछँन । सरकारले भारतीय तरकारी तथा फलफुलमा कडाइ गर्दा स्थानीय कृषक तथा उपभोक्तालाई तत्काल फाईदा भएपनि दीर्घकालमा असर पर्ने खलंगाका स्थानीय ब्यापारी जिबन कक्षपतिले बताए । सरकारले बिषादी परिक्षणमा कडाइ गर्दा उपभोक्ताको स्वास्थ्यमा कम असर पर्ने उनको बुझाइ छ । ‘सरकारको यो कदम प्रशंसनीय छ’ उनले भने,‘यो कदमले स्वदेशका कृषकलाई राहत मिलेको छ ।’ सरकारले यसलाई निरन्तरता दिनुपर्ने उनले सरकारलाई सुझाब दिए ।

अहिले भारतबाट आउने तरकारी तथा फलफुल भन्सारमा बिषादीको नमुना परिक्षण गरे प्रमाणपत्र प्राप्त गरेपछि मात्रै आयात हुने व्यवस्था छ । भारत तथा तराइका जिल्लाबाट थोरै मात्रामा फलफुल आयात भएका कारण उपभोक्ताको माग धान्न नसकेको बाग्दुलाका फलफुल तथा तरकारी ब्यापारी बसन्तलाल न्यौपानेले बताए । ‘सरकारले भन्सारमा कडाइ गर्दा फलफुलको मुल्य आकासिएको छ’ उनले भने,‘ तरकारी भने स्थानीय स्तरमा उत्पादन भएकाले तरकारीको मुल्यमा खासै प्रभाब परेको छैन् ।’ जिल्लाका लागी आबश्यक पर्ने तरकारी दाङ र प्यूठानका बिभिन्न ग्रामिण क्षेत्रबाट आउने गरेको उनले बताए ।

फलफुल भने भारतबाट ल्याउनुपर्ने भएकाले फलफुल महंगो भएको उनको भनाई छ । यस अघि १ सय ७० रुपैया प्रतिकिलो पर्ने स्याउ २ सय ५० रुपैया,एक सय ३० रुपैया पर्ने आपँ २०० रुपैया प्रतिकिलो पर्ने गरेको नौबहिनी गाउँपालिका ६ बहानेका नरेश केसीले बताए । ‘बजारमा तरकारी तथा फलफुल छोइ नसक्नु छ’ उनले भने,‘यस्तो महंगीले हामी जस्ता कम आय भएकाले कसरी तरकारी खानु ।’ तरकारी तथा फलफुलको मुल्य दैनिक बढ्दा उपभोक्ता मारमा गरेको छन् । प्यूठानमा बार्षिक डेढ करोड बराबरको तरकारी उत्पादन हुने गरेको छ भने जिल्ला बाहिरबाट झण्डै बार्षिक ८ करोड बरावरको तरकारी आयात हुने गरेको प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले बताए । ‘प्यूठानबाट दैनिक लाखै रुपैया जिल्ला बाहिरिन्छ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *