सुदूरपश्चिमको विद्युत बक्यौता ३३ करोड बक्यौता नतिर्ने ग्राहकको लाइन काट्न निर्देशन

समाचार

धनगढी, २६ कार्तिक


सुदूरपश्चिमको विद्युत बक्यौता ३३ करोडभन्दा बढि पुगेको पाइएको छ । नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरिया (कैलाली) को तथ्यांकअनुसार आव २०७५/७६ सम्मको मात्र रु ३३ करोड ७ लाख एकहजार २३३ बक्यौतावाफतको रकम उठ्न बाँकी छ ।
प्रादेशिक कार्यालय अत्तरियाका अनुसार उक्त बक्यौता रकम प्राधिकरणका ११ वटा विद्युत वितरण केन्द्रको नाममा देखिएको जानकारी गराएको छ । विद्यूत प्राधिकरणको कालोसुचीमा राखिएको विद्युत बक्यौता रकम मात्र रु १ करोड ३८ लाख ४७ हजार ७०७ रहेको छ । वितरण केन्द्रको नाममा ठुलो विद्युत बक्यौता देखिएपछि विद्युत महसुल नतिर्ने ग्राहकको लाइट काट्न नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख सतिशकुमार कर्णले ११ वटै विद्युत वितरण केन्द्रका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
धनगढी विद्युत वितरण केन्द्रको बक्यौता सडक बत्ती, गैरव्यापारिक, कालोसुची तथा अन्यमा गरी रु ७ करोड एक लाख १८ हजार ४६७, महेन्द्रनगर विद्युत वितरण केन्द्रको सोहि शिर्षकमा गरी रु १२ करोड १५ लाख ३४ हजार ९८१, टीकापुरको ४ करोड ८४ लाख ९ हजार ७६७, भजनी रु एक करोड ९३ लाख १९ हजार ६९२, बेलौरी रु २ करोड ८९ लाख ७६ हजार ८६०, डडेल्धुरा रु ८९ लाख ५२ हजार ४६१, बैतडी रु ८६ लाख ९४ हजार ३५८ विद्युत बक्यौता रहेको भन्दै प्रादेशिक कार्यालय प्रमुख कर्णले विद्युत वितरण केन्द्र प्रमुखहरुलाई समयमा भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न निर्देशन दिएका हुन् ।
त्यस्तै दार्चुला विद्यूत केन्द्रको गैरव्यापारिक र अन्य गरी रु ५७ लाख २४ हजार २५०, बझाङ विद्युत केन्द्रको रु ३६ लाख ३८ हजार १३२, डोटी रु एक करोड १५ लाख ३८ हजार ९०९ तथा अछामको ३७ लाख ९३ हजार ३५० विद्युत बक्यौता देखिएको छ । बाजुरा हालैमात्र विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारणलाइनमा जोडिएकाले बक्यौता नभएको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला नेपाल विद्युत प्राधिकरणको ३३ केभी राष्ट्रिय प्रशारणलाइजनमा जोडिएपछि १२ ओटा विद्युत वितरण केन्द्र स्थापना गरिएको प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख कर्णले बताए । हालै मात्र बाजुरा राष्ट्रिय प्रशारणलाइनमा जोडिएपछि नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारणलाइनबाट यो प्रदेशका ६२ प्रतिशत नागरिक विद्युत पहुँचभित्र समेटिएका हुन् ।
विद्यूत बक्यौता नतिर्ने ग्राहकको लाइटन काट्न केन्द्र प्रमुखहरुलाई निर्देशन दिइसकिएकाले केहि महिनाभित्र अधिकांश रकम संकलन हुने अपेक्षा आफुले लिएको प्रमुख कर्णले बताए । सडक बत्तीवाफत मात्र रु ९ करोड ४८ लाख २० हजार ९८२, गैरव्यापारीक रु एक करोड ६८ लाख २२ हजार ७३, कालोसुचीमा राखिएका ग्राहकबाट रु एक करोड ३८ लाख ४७ हजार ७०७ उठ्न बाँकी छ भने अन्य ग्राहकको रु २० करोड ५२ लाख १० हजार ४६९ विद्युत बक्यौता बाँकी रहेको प्रादेशिक कार्यालय अत्तरियाको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *