ज्योति माध्यमिक विद्यालयको भवन शिलान्यास सम्पन्न

समाचार

सूर्यविनायक, १७ असार
मुना मुसिख्वाल

सूर्यविनायक नगरपालिकाको वडा नं. ७ स्थित ज्योति मा.वि.को भवन शिलान्यास प्रतिनिधि सभा सदस्य सम्माननीय महेश बस्नेतज्यूबाट सम्पन्न भएको छ । यो भवन निर्माणका लागि राष्ट्रिय प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ भक्तपुरबाट स्वीकृत रु ६९,६९,०००।–को बजेट रहेको छ ।यो चारकोठे पक्की भवन शिलान्यास कार्यक्रममा
सूर्यविनायम नगरपालिकाका नगरप्रमुख बासुदेब थापा,उपप्रमुख जुना बस्नेत,सोही वडाका वडाध्यक्ष रविन्द्र सापकोटा,नगर सदस्य अर्जुन खतिवडा,नगर सदस्य कृष्णजीत माकजु ,वडा सचिव सूर्य मकाजु लगायतका महानुभावहरुको उपस्थिती रहेको थियो ।साथै सोही विद्यालयकका शिक्षक शिक्षिकाको समेत उपस्थिती रहेको थियो ।
सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको थियो ।सो कार्यक्रममा माननीय महेश बस्नेतज्यूले ज्योति मा.वि.ले नाम जस्तै यो क्षेत्रमा ज्योति बालेको कुरा बताउनु भएको छ ।साथै स्थानीय तह र शिक्षा सँगसँगै जानुपर्ने कुरामा समेत जोड दिनुभएको छ ।विद्यालयको गत आर्थिक वर्षमा निर्माण भएको तर अपूरो भवन निर्माणका लागि रु १५०००००।–विनियोजन गरेको कुरा पनि बताउनु भएको छ। साथै पुस्तकालय व्यवस्थापनका लागि समेत रु.५०००००।–व्यवस्था गरेको कुरा बताउनु भयो ।कायक्रमको अन्त्यमा ज्योति मा.विका प्रधानाध्यापक कृष्णलाल न्हेम्हाफुकीले धन्यवाद मन्तव्य दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *