हातमा सीप भएको व्यक्ति कहिल्यै भोको बस्नुपर्नेछैन – प्रमुख प्रजापति

कला/साहित्य विशेष समाचार समाचार
भक्तपुर,१२ साउन
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भक्तपुर हस्तकला संघद्वारा शनिबार आयोजित १५ दिने निःशुल्क छ्वालीकला तालिमको समापन, सम्मान तथा एकदिने हस्तकला प्रर्दशनी कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले हातमा सीप भएको व्यक्ति कहिल्यै भोको बस्न नपर्ने र भक्तपुर नगरपालिकाले नगरका युवाहरुको हातमा सीप दिन विभिन्न तालिमहरु सञ्चालन गरिरहेको बताए ।
कलाकारहरुले नयाँ पुस्ता तयार गर्नेतर्फ जोड दिनुपर्ने औंल्याउँदै प्रमुख प्रजापतिले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउन भक्तपुर नगरपालिकाले यसै वर्ष भक्तपुर महोत्सव गर्ने तयारी गरिरहेको र भक्तपुरमा पर्यटकको बसाइँ लम्ब्याउने योजनाहरुलाई प्राथमिकताका साथ अगाडि सारिरहेको बताए ।
भक्तपुर नगरपालिकाले युवा र महिलाकेन्द्रित तालिमहरु सञ्चालन गर्दै आएको बताउँदै उनले काठमाडौंको रानीपोखरी पुनःनिर्माणमा भक्तपुर नपाले प्राविधिक सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा भक्तपुर हस्तकला संघका कार्यकारी अध्यक्ष रमेश प्रधान, नेपाल हस्तकला महासंघका उपाध्यक्ष दिपेन्द्र शाक्य, उद्योग वाणिज्य संघका राजुमृगेन्द्र जोशी, भक्तपुर घरेलु तथा साना उद्योगका अध्यक्ष बिरेन्द्र जति, नेपाल सेरामिक्स संघका निवर्तमान अध्यक्ष दिलकृष्ण प्रजापति, प्रशिक्षक सीताराम गोसाइँ, प्रशिक्र्षीको तर्फबाट सिताराम दिदिया, भक्तपुर हस्तकला संघका संयोजक शम्भु श्रेष्ठलगायतले पनि बोलेको थियो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले अग्रज कलाकार पूर्णलाल कुसुमनीलाई दोसल्ला ओढाई सम्मान गरेको थियो भने प्रशिक्षक, प्रशिक्षार्थीलाई प्रशंसा पत्र प्रदान गरे । कार्यक्रममा विभिन्न हस्तकलाका सामाग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *