शिशुस्याहारका शिक्षिकाहरूलाई पुनर्ताजगी तालिम

शिक्षा समाचार
भक्तपुर, १३ साउन
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहारका शिक्षिकाहरूलाई जनताको विश्वास कायम गर्ने ढंगले काम गर्न प्रेरित गरे ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ६ वटा शिशुस्याहारका शिक्षिकाहरूको पुनर्ताजगी तालिमको आइतबार उद्घाटन समारोहमा बोल्दै प्रमुख प्रजापतिले शिशुहरूलाई असल संस्कार दिनुपर्ने र शिशुहरूको नराम्रो र अवाञ्छित क्रियाकलापमा नियन्त्रण गर्नुपर्ने बताए ।
उनले नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहारलाई नमुनाको रुपमा विकास गर्ने उद्देश्यले विभिन्न तालिम सञ्चालन गरेको बताउँदै शिक्षिकाहरूलाई समयअनुसारका नयाँ नयाँ घटना—परिघटनाबारे अपडेट भइरहनुपर्ने र शिशुहरू बस्ने ठाउँको सरसफाइ, अनुशासन र स्वस्थ आहारमा ध्यान पु¥याउनुपर्नेमा जोड दिए ।
कर्मचारीहरूले कार्यालयको आचारसंहिताबारे पनि जानकारी राख्नुपर्ने बताउँदै प्रमुख प्रजापतिले शिशुहरूलाई भविष्यका योग्य नागरिकको रुपमा तयार गर्ने व्यापक दृष्टिकोणले आफ्नो कर्तव्य पूरा गर्न मार्गनिर्देशन दिए ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, शिशुस्याहार तथा समाजकल्याणका शाखा प्रमुख दिपेन्द्र प्रजापतिको उपस्थिति रहेको थियो । कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले प्रशिक्षकलाई तालिमको सामग्री हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *