गाँठेमंगल पर्व

कला/साहित्य मनोरञ्जन समाचार

जमुना अधिकारी
भक्तपुर,१५ साउन

प्राचिनकाल देखि नै उपत्यकाका नेवार जातिले साउन कृष्णपक्ष तृतियाका दिन तन्त्रमन्त्र र भुतप्रेतबाट बच्न गाँठेमंगल मनाउदै आएका छन् । चा.न.पा. ५ भक्तपुर निवासी राजकुमार त्यातका अनुसार घण्टाकर्ण भन्ने भिमकाय राक्षसको अन्त्य भएको दिनको रुपमा यो पर्व मनाइने जानकारी दिए । आजबाट राक्षसको अन्त्य भएको र देवताको उदय हुने जनविश्वास रहेको कुरा स्थानिय बासी श्याम बहादुर त्यातले बताए । नराम्रो शक्तिमाथि मावन वा सत्यको विजयको प्रतिकको रुपमा मनाइने जानकारी स्थानियबासी हरिकृष्ण त्यातले जानकारी दिए । गाँठेमंगल मनाउन छ्वाली, नर्कट, बाँस, पुराना माटाका भाडाकुडा, नाङलो आदिको प्रयोग गरी राक्षसको प्रतिमा बनाएर चोक–चोक तथा दोबाटोमा बाली खोलामा सेलाउने चलन रहेको कुरा भक्तपुर न.पा. ४ निवासी नारायण प्रसाद प्रजापतिले जानकारी गराए । टोल–छरछिमेकमा तन्त्रमन्त्र र भूतप्रेतले नसताओस् भनेर यो पर्व मानाइने तथ्य भ.पु. वोलाछें टोल निवासी तुल्सीराम माखास्याले बताए । अन्य पर्वहरु जस्तै गाँठेमंगलको पनि आफ्नै महत्व रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *