दक्ष महिला जनशक्ति उत्पादनको तयारी

अर्थ/वाणिज्य समाचार

जमुना अधिकारी
भक्तपुर, ४ जेठ


महिला सशक्तीकरणका लागि सिप र दक्षता विकासको तालिम चा.न.पा.ले सञ्चालन गर्न लागेको छ ।
उपमेयर विना वास्तोलाको प्रत्यक्ष निगरानीमा गरीब तथा पिछडीएका तर काम गर्न जोस जागर भएका महिला वर्गलाई छोटो अवधिको तालिम जस्तै मन्टेश्वरी, ब्यूटिसियन, लोकसेवा तयारी कक्षा, हस्तकला, जुत्ता–चप्पलको तालिम, ड्राइभिङ, साबुन बनाउने तालिम सञ्चालन गर्न लागिएको जानकारी उपमेयर बताउँछिन् । प्रत्येक वडाबाट प्रत्येक तालिमको लागि ५/५ जनाका दरले मागिएको सूचना प्रत्येक वडाले जारी गरेको र वडा नं.५ ले पनि सोही बमोजिम सूचना टाँसी आवेदन फाराम भरी चा. न. पा.कार्यालयमा पेश गरेको जानकारी वडाअध्यक्ष जयन्द्र खड्काले दिएको छ । आगामी दिनमा नगरबासीलाई दक्ष बनाउन तालिम केन्द्रको छुट्टै व्ययस्था गर्ने योजना कार्यपालिकामा पेश गर्ने तयारी गरिरहेको जानकारी उपमेयरले दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *