शून्य लागतमा उपलब्धिमूलक कार्य

समाचार
जमुना अधिकारी
भक्तपुर, ४ जेठ
चाँगुनारायण नगरपालिकाले प्रत्येक शनिवार ७ देखि ९ बजेसम्म विभिन्न वडाको विभिन्न ठाउँमा सरसफाइ अभियान सञ्चालन गर्दै आइरहेको छ ।
शून्य लागतमा सञ्चालन गरिएको सरसफाइ कार्यक्रममा नगरभित्रका जति पनि सरकारी तथा निजी संघसंस्था र तीनमा काम गर्ने व्यक्ति लगायत सर्वसाधारणको उत्साहपूर्ण सहभागिता रहेको कुरा नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिएको छ । अप्ठेरा ठाउँ र ठूला ठूला पुल मुनिका साह्रै गाह्रो ठाउँको फोहोर नेपाली सेना र प्रहरीका सहायताले सफाइ गर्न सहज भएको अनुभप उपमेयर विना बास्तोलाले बताए । चा.न.पा.को फोहोर व्यवस्थापनको लागि नेप्सेम्याक संस्थालाई ठेक्का दिइएको र प्रति घर प्रति महिना रु २५० लिने गरेको जानकारी चा.न.पा.का कार्यकारिणी चिरन्जिवी तिमल्सिनाले दिएको छ । स्वच्छ शहर, स्वच्छ नहर र स्वच्छ जीवनका लागि सबै लागि पर्नुपर्ने दायित्व बोध गराउन र सरसफाइ प्रतिको थिति बसाल्न यो अभियान चालिएको उनको भनाइ छ । यो अभियानबाट नगरबासी  सरसफाइको लागि उत्साह र ऊर्जा थपिएको अभिव्यक्ति, अभियानका लावान्भित सम्पूर्णले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *