पत्रकार सिग्देललाई पुरस्कार

कला/साहित्य समाचार

नवलपरासी, १२ पुस


नेपाल पत्रकार महासङ्घ नवलपरासीले स्थापना गरेको स्व देवीप्रसाद सुवेदी स्मृति राष्ट्रि«य पत्रकारिता पुरस्कार २०७५ बाट नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देललाई प्रदान गरिने भएको छ ।
सो पुरस्कार आगामी पुस १४ गते हुने महासङ्घको साधारणसभाको अवसरमा वितरण गरिने महासङ्घ शाखाका अध्यक्ष होमराज रानाभाटले जानकारी दिए ।
पुरस्कारको राशी रु पाँच हजार ५५५ सहित दोसल्ला र सम्मानपत्र रहेको छ ।

अग्रज पत्रकार देवीप्रसाद सुवेदी स्मृतिमा उनका छोरा पत्रकार पुरुषोत्तम सुवेदीले पुरस्कारको रकम दिने गरी नेपाल पत्रकार महासङ्घ नवलपरासी शाखाले सो पुरस्कारको स्थापना गरेको थियो ।
सो पुरस्कारबाट यसअघि पत्रकार होमराज रानाभाट र श्रीराम सिग्देल पुरस्कृत भइसकेका छन् भने सोभन्दा अघि पत्रकारिता अध्ययन गर्ने विभिन्न विद्यार्थीलाई प्रोत्साहन रकम प्रदान गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *