पाँचतल्ले मन्दिर परिसरमा चार पाँग्रे सवारी प्रवेश रोक

कला/साहित्य विशेष समाचार समाचार

भक्तपुर, १ माघ


भक्तपुरको पाँचतल्ले मन्दिर परिसरमा आजबाट चार पाँग्रे सवारी प्रवेशमा रोक लगाइएको छ । विश्व सम्पदा सुचिमा सुचिकृत पाँचतल्ले मन्दिर परिसरमा चार पाँग्रे सवारी प्रवेशले पर्यटकहरुलाई सम्पदा अवलोकनमा बाधा पुग्नुका साथै विश्व सम्पदा स्थलको संरक्षणका लागि आज माघ १ गतेदेखि सवारी प्रवेशमा रोक लगाएको नगरपालिकाले जनाएको छ ।

यस क्षेत्रमा चार पाँग्रे सवारी गुड्दा कम्पनबाट पाँचतल्ले मन्दिर र भैरवनाथको मन्दिरलाई समेत धक्का पुग्ने भएकाले समेत सवारी साधनलाई रोक लगाएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।

पाँचतल्ले मन्दिरको पूर्वमा क्वाछें, पश्चिममा स्वपुंग भैरव, उत्तरमा चतुब्रम्ह्र महाविहारको पूर्वी बाटो र दक्षिणमा तीलमाधव नारायण मन्दिरको पूर्वी ढोका यताको चार किलाभित्र माघ १ गतेबाट लागु हुने गरि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मकालाई चारपांग्रे सवारी साधन निषेध गरिएको प्रमुख प्रजापतिले बताए । अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, दमकल लगायतका साधन बाहेक अन्य साधनलाई भने नगरपालिकाको स्वीकृति लिएर चलाउने व्यवस्था मिलाएका प्रमुख प्रजापतिले जानकारी दिए ।

प्रजापतिले आज सिक्रीमा ताला लगाएर चारपाँग्रे सवारी रोक्न औपचारिक सुरुवात गरेको थियो । सवारी साधन रोक्नका लागि पूर्वमा साकोठा जाने चोक र पश्चिममा गःहिटी जाने बाटोमा सिक्री लगाइएको छ । यसअघि नगरपालिकाले भक्तपुर दरवार क्षेत्रभित्र दुई पांग्रे तथा चार पांग्रे सवारी साधन निषेध गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *