वागीश्वरीमा शिक्षकहरुबीच क्यूएए विषयमा अन्तरक्रिया

विशेष समाचार शिक्षा समाचार

भक्तपुर, २ पुस


वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको क्यूएए (क्वालिटी एसुरेन्स एक्रिडिटेशन) को एसएसआर (सेल्फ स्टडी रिपोर्ट) बारे सरोकारवाला समूहसँग अन्तरक्रिया गर्ने क्रममा शनिबार कलेजमा अध्यापनरत शिक्षकहरुसँग छलफल सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कम आय भएका जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कलेजको स्थापना भएको बताउँदै कलेजको गुणस्तर बढाउन कलेज प्रशासन, शिक्षक, विद्यार्थीलगायतका सरोकारवाला पक्षहरुले भावनात्मक रूपमा क्रियाशिल हुनुपर्ने आवश्यकता औंल्याए ।
२१ औं शताब्दीको लागि योग्य नागरिक तयार गर्ने लक्ष्यलाई अगाडि बढाउन कलेजले अनुसन्धानको लागि पनि प्राथमिकता दिएको उल्लेख गर्दै अध्यापनरत शिक्षकहरुले आफ्नो योग्यता बढाउर्ने बताए ।
कलेज व्यवस्थापन समितिका उपाध्यक्ष मोहनप्रसाद प्रजापतिले कलेजको गुणस्तर सुनिश्चितताको लागि शिक्षकहरुको सहयोग अपरिहार्य रहेको बताए ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा वागीश्वरी माविका प्रअ तथा कलेज व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद धन्छा, सुशिला कर्माचार्यले पनि आफ्नो राय व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *