पत्रकार महासंघ सुनसरीको आफ्नै भवन उद्घाटन

विशेष समाचार समाचार

धरान, १५ पुस


नेपाल पत्रकार महासंघ सुनसरीले करिब २२ लाख रुपैयाँको लागतमा सुविधा सम्पन्न हल सहितको दुई तले भवन निर्माण सम्पन्न गरेको छ ।
आइतबार सम्पन्न महासंघ सुनसरीको ११ औं वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले भवनको उदघाटन गरेका छन् । ४ वर्ष अघि महासंघको नाममा प्राप्त भएको १ तले भवनलाई थप गर्दै २२ लाख रुपैयाँको लागतमा दुई तले भवन निर्माण गरेको हो ।
धरान १३ स्थित अमरहाटमा रहेको महासंघको भवन पुर्णरुपमा व्यवस्थीत हुन नसक्दा समस्या भोग्दै आएको थियो । अहिले थप सभाहल सहित कार्यलय व्यवस्थित गरेको भवनको उदघाटन गरिएको छ । महासंघ स्थापना भएको ५ दशक पछि सुनसरीले आफ्नै भवन निर्माण गर्न सफल भएको जिल्लाका अग्रज पत्रकारहरुले प्रशंसा गरेका छन् ।
सभाहलको लागि व्यापारिक संस्था इन्द्र बराह ज्वेलरी इष्ड्रष्ट्रिज प्रालिले संस्थापक स्वर्गीय इन्द्रबहादुर लामिछानेको स्मृतिमा सभाहल निर्माण गरिदिएको थियो भने भवनको लागि धरान फुटबल क्लब, धरान उपमहानगरपालिका, सञ्चार मन्त्रालयबाट पनि बजेट आएको महासंघ सुनसरीले जनाएको छ ।
२०७१ सालमा अमर सेवा समाजले सञ्चालन गर्दै आएको भवनलाई नगरपालिका, राजनीतिक दलको पहलमा पत्रकार महासंघको कार्यालय राख्न दिइएको थियो । २ वटा कोठा भएको भवनमाथि अहिले सभाहल निर्माण भएको हो । त्यसको लागि बराहले साढे १५ लाख रुपैया सहयोग गरेको छ भने धरान उपमहानगरपालिकाबाट २ लाख, सञ्चार मन्त्रालयबाट ५ लाख र धरान फुटबल क्लबले ५० हजार रुपैया सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *