आगलागी प्रभावितलाई सहयोग

समाचार

काठमाडौँ, १६ पुस


काठमाडौँस्थित एल.आर.आई विद्यालयले कर्णाली प्रदेश, कालिकोटको पाताल गाउँपालिका–१ खाडा गाउँका आगलागी पीडित परिवारलाई रु एक लाख पचास हजार बराबरको सहयोग प्रदान गरेको छ ।

विद्यालयले १२० वटा बलाङ्केट, १२० वटा झोला, लत्ता कपडासहित पुस्तकालय सामग्री सहयोग गरेको हो । आज यहाँ आयोजित कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष शिवराज पन्तले काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख सीताराम कोइरालामार्फत उक्त सहयोग हस्तान्तरण गरेको हो ।

यही पुस ८ गते राति भएको आगलागीबाट १२० घर परिवारको अनाज, लत्ताकपडा, धनमाललगायत नोक्सान भएको थियो । विद्यालयका संस्थापक अध्यक्ष पन्तले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयले आगलागी प्रभावित जनतालाई मानवीय सहयोग उपलब्ध गराएको जानकारी दिए ।

सोही कार्यक्रममा काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख कोइरालाले कर्णाली जनअधिकार मञ्चका अध्यक्ष प्रकाश रोकायालाई ती सामग्री सम्बन्धित ठाउँमा पु¥याउन उक्त सहयोग हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *