भक्तपुर बचतद्वारा १५ दिने मोटर ड्राइभिङ तालिम सुरु

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २४ चैत


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा भेलुखेल कालाचा मार्ग स्थित एन्टिक ड्राइभिङ्ग स्कुल प्रा.लि.को प्राविधिक सहयोगमा युवा सीप विकास गर्ने उद्देश्यले १५ दिने चारपाङ्ग्रे सवारी (कार) चालक ताालिमको बिहीबार उद्घाटन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् संस्थाका कानुनी सल्लाहकार राम प्रसाद प्रजापतिले देशको संकटोन्मुख अर्थतन्त्रबाट हुनसक्ने सम्भावित जोखिमबारे जानकारी दिए । विगत सात महिनामा देशका विलासिताका सामानहरु मध्ये १६ खर्ब बजेटमा १ खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ, ८६ अर्ब ९ करोडको सवारी साधन र पार्टपुर्जा, २६ अर्ब ६२ करोडको सुन र १५ अर्ब १६ करोडको चाँदी आयात भएको तथ्याङ्कले देखाएको छ । देशको बजेट विदेशी रेमिटान्स् र सहयोगमा निर्भर रहेको हुँदा उत्पादन क्षेत्रतर्फ युवाहरु अग्रसर हुनुपर्ने बताएको छ । तथ्याङ्कका आधारमा “विदेशमा आफ्नो परिश्रम लगानीगरी अर्जित आय स्वदेश फर्केर घरघडेरी तथा बिलासिताका सामानहरु खरिद गर्ने तथा रेष्टुरेन्टमा रमाउने हालको प्रवृतिलाई परिमार्जन गरी कृषि तथा उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाइ छ । देशको राजनैतिक र समसामयिक विषयहरुमा युवा पुस्ताहरुले ध्यानदिनु जरुरी रहेको र अहिलेको अवस्थामा युवा पुस्ताले विचार पुर्‍याउन नसके अबको केही समयमा श्रीलंका र पाकिस्तानको जस्तै देश राजनैतिक अस्थिरतातिर पुग्न सक्ने कुरामा चिन्ता व्यतm गरेको छ । उनले दुर्घटनाबाट बच्नेभन्दा पनि सुरक्षित र संयम भएर गाडी चलाउन र ट्राफिक नियमको पालना गर्न सुझाब दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष बलर।म प्रजापतिले हिम्मत हार्न नहुने र आफूले चाहेमा हरेक कुरामा सफलता पाउन सक्ने कुरामा युवाहरुलाई जागरुक गराए । अध्यक्ष प्रजापतिले युवा अवस्थामा नै आफ्नो ठोस उद्देश्य लिएर अगााडि बढ्नुपर्ने बताए । मार्क जकरबर्ग, आइन्स्टाइन, एलन मस्क जस्ता व्यक्तिले आफ्नो युवा अवस्थामा गरेको त्याग, परिश्रम र उद्देश्य प्राप्तिको निरन्तर प्रयासले गर्दा सफलता प्राप्त भएको हुँदा जीवनमा हार मान्न नहुने बताए ।

ड्राइभिङ्ग स्कुलका प्रोपाइटर एवम् प्रशिक्षक लालकाजी श्रेष्ठले भक्तपुरको आय भक्तपुर भन्दा बाहिर जान नदिन र भक्तपुर वडा नं. १ देखि वडा नं. १० सम्मका युवाहरुको सीप विकासका लागि आफ्नै जन्मथलोमा ड्राइभिङ्ग स्कुल स्थापना गरेको बताए । उनले तालिम लिन आउने हरेक पुस्ताका प्रशिक्षर्थीलाई ड्राइभिङ्गमा निपुन हुने गरी तालिम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विकास प्रजापतिले संचालन गरेको उक्त कार्यक्रममा ३० प्रशिक्षर्थी सहभागी रहेको छ । कार्यक्रममा युवा उपसमितिका संयोजक विष्णु कुमार प्रजापतिले मोटर ड्राइभिङ्गको महत्वबारे बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *