भक्तपुर नगर व्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

खेलकूद विशेष समाचार समाचार

भक्तपुर, १७ कात्तिक


भक्तपुर नगरपालिकाले राष्ट्व्यापी अन्तर नगर मेयर कप कराते प्रतियोगिता २०७५ आयोजना गर्ने भएको छ । भक्तपुर नगरव्यापी अन्तर विद्यालयस्तरीय खेलकूद प्रतियोगिताको पुरस्कार बितरण समारोहमा नगर प्रमुख सुनिल प्रजापतिले सो प्रतियोगिता अयोजना गर्ने घोषणा गरेको हो । नेपाल मजदुर किसान पार्टीका सचिव तथा सांसद प्रेम सुवालको आतिथ्यतामा भएको सो कार्यक्रममा प्रतियोगितामा प्रथम भएका र उत्कृष्ठ खेलाडीहरुलाई उनले पुरस्कार बितरण गरे। दोस्रो भएका खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गर्नु हुँदै नगर प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा सहभागी विद्यालयहरुलाई खेल सामग्री वितरणगरेका छन् भने तेस्रो भएका खेलाडीहरुलाई प्रदेश सासद सृजना सैंजूले मेडल, प्रमाण पत्र सहित पुरस्कार वितरण गरिन् । प्रतियोगितामा सहभागी खेलाडीहरुलाई जनप्रतिनिधिहरु र अतिथीहरुले प्रमाण पत्र तथा मेडल वितरण गरेको थियो ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले कार्तिक ११ गते उद्घाटन गरेको सो प्रतियोगितामा भक्तपुर नगरपालिका भित्र रहेका ९२ विद्यालयहरु मध्ये ७० वटा विद्यालयका १ हजार ८ सय भन्दा बढी विद्यार्थीहरुले टेवुल टेनिस, भलिबल, कबड्डी, खो खो, एथलेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, करांते, उसु, तेक्वाण्डो, पोर्टबल, र कसिमला पांय गरी १३ वटा खेलहरु रहेका थिए ।
प्रतियोगिताका उत्कृष्ठ र प्रथम भएका खेलाडीहरुलाई पुरस्कार बितरण गर्दै समारोहका प्रमुख अतिथि सांसद प्रेम सुवालले जिल्ला व्यापि, राष्ट््रीय, अन्तरराष्टिय खेलकूल प्रतियोगितामा सहभागी हुन आवश्यक खेलाडी तयार पार्न सो प्रतियोगिताले एक पाइला भएपनि अगाडि बढाएको भन्दै खेल प्रतियोगिता आयोजना गरेकोमा आयोजक भक्तपुर नगरपालिकालाई धन्यवाद दिए । प्रतियोगिता अनुशासित र मित्रवतरुपमा सम्पन्न गरेकोमा सहभागि विद्यालय र खेलाडीहरुलाई पनि उहाँले धन्यवाद व्यक्त गरे। देशलाई चिनाउने प्राकृतिक सम्पदामा सगरमाथा हो भने साँस्कृतिक सम्पदाहरुमा काठमाण्डौ उपत्यकाका दरवार क्षेत्र, चाँगु नारायण मन्दिर, बौद्ध, स्वयम्भु मन्दिर, बुद्ध जन्मेको स्थान लुम्बिनी जस्तै अन्तर्राष्ट्यि क्षेत्रमा देशलाई चिनाउने भनेको खेलाडी भाईबहिनीहरु रहेको बताए । त्यसकारण खेलाडी भनेका अन्तर्राष्ट्यिस्तरका दुत भएको मान्नुपर्ने भन्दै सांसद सुवालले खेलकूदलाई विद्यालय र कलेजहरुमा अनिवार्य रुपमा व्यवस्था गर्न संबैधानिक व्यवस्था हुनुपर्नेमा जोड दिए। खेलकूदको ग्रेडलाई शैक्षिक उपाधिसँग मिलान गर्नुपर्नेमा जोड दिन्दै सांसद सुवालले सो अवसरमा जन्मको आधारमा नागरिकता दिने कानुन खारेज गर्नुपर्ने, प्रत्येक प्रदेशमा हिमाल, तराई, पहाद समाबेश हुने गरी संविधान संशोधन गर्नुपर्ने बताए । जन्मको आधारमा नागरिकता वितरण गर्दा र प्रत्येक प्रदेशमा हिमाल, तराई, पहाद समाबेश नगरिए सिकिमीकरणको अवस्था आउने भएकाले सो विषयलाई उठाउँदै आएको बताए ।


कञ्चनपुरकी निर्मला पन्तका बलात्कारी र हत्यारालाई सरकारले नै संरक्षण गरी रक्षक नै भक्षक भइरहेको जनगुनासो आइरहेको बताउदै सांसद सुवालले साह्रे तेतिस किलो सुनकाण्डको भुरा मात्र फेला पार्ने सरकारले अहिलेसम्म ठूला माछा फेला नपरेकाले ठूला माछालाई पनि पक्राउ गरी कार्वाही गर्न आवाज उठाइरहेको बताए । वाइड बदि हवाई जहाज किन्दा सारे छ अर्व भ्रष्टाचार गर्नेलाई पनि कार्वाही गर्न सांसद सुवालले जोड दिए ।
भक्तपुर नगरपालिकाले गरिरहेको खेलकूद लगायत अन्य गतिविधीहरु आयोजना गर्नु देशका अन्य नगरपालिकाहरुका लागि एउटा शिक्षा बनिरहेको छ र पाठ सिकाइरहेको छ यो गौरवको विषय हो भन्दै प्रदेश सांसद सृजना सैंजूले हाम्रो पहिचान बोकेको परम्परागत खेलकूदलाई अगाडि बढाउने र पुर्नजीवित गर्ने भक्तपुर नगरपालिकाको काम प्रशंसनीय रहेकोे बताए । उनले खेल अनुशासन, मित्रताको लागि जरुर हो अहिलेको सन्दर्भमा खेलआत्म सुरक्षाकोलागि पनि हो भन्नु भयो । खेल मानसिक, शारीरिक तन्दुरुस्ति तथा सामाजिक अगुवाईको लागि, सामाजिक कार्यको अग्रसरताको लागि आवश्यक पक्ष रहेको बताए । खेल देशप्रेम, विकासको लागि हो । देशको माटो र जनतालाई मनमा राखेर खेल्ने खेलाडि नै सच्चा खेलाडी हुने भन्दै सांसद सैंजूले खेलकूदमार्फत यी सम्पूर्ण भावना मनमनमा राख्न अगुवाई गर्ने भक्तपुर नगरपालिकाप्रति आभार व्यक्त गरिन् । भक्तपुर नगरपालिकाको यो पटकको खेलकूद प्रतियोगितामा छात्रा खेलाडीको अत्यन्त प्रशंसनीय उल्लेखनीय सहभागि रहेको बताए । देशमा बलात्कार हत्याका घटनाहरु भई रहेको परिवेशमा छात्राहरुलाई खेलकूद र अन्य व्यायामहरु आवश्यक भएकोमा कुनै विवाद आवश्यक नभएको र त्यसमा बिलम्ब गर्नु थप बर्बादी निम्त्याउनु हुने भन्दै कसैकी छोरी चेलीले निर्मला पन्तको जस्तो बर्बादी भोग्न नपरोस भनका छन् । यस्तो राष्ट्यि लजाको घटना अब नदोहरीयोस सांसद सैंजूले जोड दिइन्। त्यसको तायरीका लागि व्यवहारिक सबै पक्ष जिम्मेबार बनौं भन्दै उनले निर्मला पन्त घटनाका दोषिमाथि कडा कार्वाही गर्न दवाफ दिनु सबैको कर्तव्य हो भनिन् । नेमकिपाले हरेक युवालाई शैनिक तालिमको बन्दोवस्त गर्नुपर्ने कुरा किन गर्यो समयक्रमले त्यो कुरा पुष्टि हुने भन्दै भक्तपुर नगरपालिकाले देशभरका नगरपालिकालाई मार्ग निर्देश गर्न सक्नु गौरवको विषय भएको भन्दै नयाँ पुस्तालाई सुसंस्कृत, सक्रिय, देश भक्त बनाउने अभियानमा भक्तपुर नगरपालिका निरन्तर लागि रहने विश्वास व्यक्त गरे।
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले २०७५ सालभित्रै व्यापक सहभागितामा राष्ट्ब्यापि अन्तर नगरस्तरीय कराते प्रतियोगिता २०७५ आयोजना गर्ने कार्यक्रम घोषणा गर्दै निर्वाचनको बेलामा जनताको बीचमा खेलकूद प्रशिक्षण, अन्तर नगर खेलकूद गतिविधी र खेलकूद मैदना बनाउदै जाने बताए अनुसार प्रत्येक वर्ष खेलकूद प्रतियोगिता निरन्तररुपमा आयोजना गर्दै आएको बताए। निर्वाचन घोषणा पत्रलाई मागर्दशनको रुपमा लिन्दै खेल प्रतियोगिता गर्दै आउनेक्रममा यसपालिकाको अन्तर बिद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपुर नगरभित्र रहेका ९२ विद्यालयहरु मध्ये ७० वटा विद्यालयहरुका विद्यार्थीहरु प्रतियोगितामा सहभागि रहेको बताए। भक्तपुर नगरपालिकाले विद्यार्थीहरुको शारीरिक र मानसिक विकासकालागि सार्वजनिक वा संस्थागत विद्यालयलाई सम्मान रुपले हेर्दै आएको बताए । आजका विद्यार्थी भोलिका हाम्रा भविष्य हुन भन्दै नगर प्रमुख प्रजापतिले देशको भविष्य उज्जव बनाउनका लागि नै आजका विद्यार्थीहरुलाई नै अनुशासित र स्वस्थ बनाउने कोसिस गरिरहेको बताए । भावि पुस्तालाइ सुंस्कृत र सभ्य बनाउने भक्तपुर नगरपालिकाको उदेश्य रहेको प्रष्ट पार्नु भयो । खेलकूद गतिविधीलाई त्यही अनुरुप प्रयोग गरी खेलकूद प्रतियोगिताले खेलप्रति प्रतिवध, समाजप्रति जिम्मेबार नागरिक तयार गर्नकोलागि मद्दत पुग्ने विश्वास व्यक्त गरे । समाजमा धेरै इमान्दार व्यक्तिहरु रहे पनि केही खराव व्यक्तिहरुले खेलकूद क्षेत्रलाई नै बदनाम गरी रहेको बताउँदै अन्तर्राष्ट्यिस्तरमा खेल खेल्ने खेलाडीहरु विदेश पल्यान हुने, आर्थिक अनियमिततामा फस्ने, राम्रो भन्दा आफ्नो मान्छेलाई छनौट गर्ने गलत कार्यशैलीका कारण खेलकूद क्षेत्र नै बदनाम भइरहेको बताए । यसबारे खेलाडी, प्रशिक्षक, अभिभावक, शिक्षक, शिक्षिकाहरुले विद्यार्थीहरुलाई सचेत पार्नुपर्ने विचार व्यक्त गर्दै नगर प्रमुख प्रजापतिले देशमा राजनैतिक व्यवस्था राम्रो हुननसक्दा कतिपय राम्रा खेलाडीहरु जीवनको अन्तिम क्षेणमा धेरै दुःख कष्ठ खानु परेको भन्दै खेलकूद र शिक्षा संगसंगै लानु पर्नेमा जोड दिए । भक्तपुर नगरपालिकाले नगरको चौतर्फि विकासका लागि शिक्षा, स्वास्थ्य, सरसफाई विकास निर्माण, सम्पदा संरक्षण लगायत थुप्रै कार्यहरु पारदर्शी ढंगले गर्दै आएको बताए । नगरपालिकाको हरेक काममा नगरवासीहरुको सहयोग र सहभागिताले उत्साहित गरिरहेको बताए । भक्तपुर नगरलाई सांस्कृतिक नगरको रुपमा विकास गर्ने, ज्ञान विज्ञानको केन्द्रको रुपमा अगाडि बढाउने, पर्यटकिय गन्तव्यस्थल बनाउने उदेश्यले नगरपालिकाका जनप्रतिनिधीहरु क्रियाशिल रहेको नगर प्रमुख प्रजापतिले बताए । हरेक विषयमा विज्ञहरु र सरोकारवालहरु बीच बैठक राख्ने र छलफल गरी प्राप्त सुझाव अनुसार नगरपालिका अगाडि बढिरहेको नगर प्रमुख प्रजापतिले बताए ।
नगर खेलकूद समितिका पूर्व अध्यक्ष तथा जनप्रतिनिधी उकेश कवांले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने निकायमा धन्यवाद व्यक्त गरिएको सो कार्यक्रममा जिल्ला भलिवल संघका अध्यक्ष विनोदचरण रायले प्रतियोगिताका उत्कृष्ठ खेलाडीहरुको नामाबली घोषणा राखे भने नगर खेलकूद समितिका अध्यक्ष श्यामकृष्ण खत्रीले वडा वडामा छरिएर रहेका युवा खेलाडि र समितिहरुलाई एउटै छाता भित्र ल्याएर युवाहरुलाई अनुशासित, लगनशिल, शारीरिक विकासका साथ साथै खेलकूद क्षेत्रमा युवा परिचालन गर्ने भक्तपुर नगरपालिकाको उदेश्य रहेको बताउँदै खेल क्षेत्रमा राजनैतिक बिसंगतिका कारण खेलकूद मन्त्रालयबाट खेलाडीले सोचे अनुसार खेल प्रस्तुत गर्न नसकिरहेको अवस्थामा भक्तपुर नगरपालिकाले विद्यालयस्तरीय खेलकूद प्रतियोगिता आयोजना गरी विद्यार्थीहरुमा शारीरिक, मानसिक, बौद्धिक विकासका साथ साथै शारीरिक व्यायाम मात्र नभई खेल मित्रताकोलागि पनि भएकाले विभिन्न खेल प्रशिक्षण गर्दै आएको बताए । वडा वडामा शारीरिक फिट्नेश राख्ने उदेश्यका साथ पाँच वटा वडाहरुमा स्थापना गरिसकेको उहाँले बताउनुभयो । नगर, जिल्ला राष्ट्यि, अन्तर्राष्ट्यि खेल प्रतियोगिताहरुमा सहभागि हुने खेलाडीलाई पारिश्रमिक, पोशाक लगायत आवश्यक सहयोग गर्ने नगरपालिकाले नीति नियम गरेअनुसार सो नीति लागु गरिरहेको वडाध्यक्ष समेत रहेका खत्रीले बताए । खेलाडीहरुको सर्वागीन विकासका लागि ख्वप पहिचान, आवश्यकता चाहना विकासकालागि आवश्यक नीति नियम पाठ्यक्रमले मात्रै नपुग्ने भएकाले कक्षा ६को पाठ्य पुस्तकमा छु भौ कासा, कसिमला पांय लगायतका खेलहरुलाई प्राथमिकतामा राखेर नयाँ पुस्तालाई परम्परागत खेल खेलाउँदै आएको बताउनु भयो । जनप्रतिनिधि भन्नु नै नगरको शिक्षा, स्वास्थ्य, संस्कृति संरक्षण गर्न र विकास गर्न तथा देशको सार्वभौमिकता विकास गर्न परिश्रम र परिवर्तन बारे सचेत नागरिक बनाउनको लागि भएको उहाँले जोड दिए ।
विषयगत खेलकूद संघका पदाधिकारी, प्रहरी नायव निरिक्षक रेवतिरमण पोखरेल,स्थानीय जनप्रतिनिधीहरुको आतिथ्यतामा भएको सो समारोह नगर प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा भएको थियो । सो प्रतियोगिताको पुरस्कार वितरण समारोहको अवसरमा कराते, उसु र तेकाण्डोका खेल प्रदर्शनी पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *