भूकम्पपीडितको अनुदान रकम बैंक खातामा पठाइयो, तपाईंले पाउनुभो ?

अर्थ/वाणिज्य विशेष समाचार समाचार

काभ्रे, १५ कात्तिक

काभ्रे जिल्लाका भूकम्पपीडितको आवास निर्माण अनुदान रकम बैंक खातामा पठाइएको छ ।

दशैँअघिसम्म राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइसँग माग गरिएको रकम बैंक खातामा पठाइएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख लोकनाथ रेग्मीले बताए । उनले भने, “दशैँअघि दोस्रो र तेस्रो किस्ताको रकमको माग भइआएका भूकम्पपीडितको रकम सम्बन्धित सबैका बैंक खातामा पठाइसकिएको छ ।”

उनले दशैँपछि भने कुनै भूकम्पपीडितबाट अनुदान रकम माग नभएको जानकारी दिए । भूकम्पबाट क्षति भएका यहाँका निजी आवासमध्ये २७ दशमलव ५ प्रतिशत घर पुनःनिर्माण भएको र पुनःनिर्माणको काम तीव्र गतिमा भइरहेको बताइएको छ ।

कार्यान्वयन एकाइका अनुसार यहाँ भूकम्पपछि ६८ हजार ७७३ घरपरिवारले अनुदान सम्झौता गरी पहिलो किस्ताको रकम लिएका थिए । पहिलो किस्ता लिएकामध्ये कात्तिक दोस्रो सातासम्म १८ हजार ९१९ पीडितले घर पुनःनिर्माण सम्पन्न गरेको र ४४ हजार ७५७ पीडितले दोस्रो किस्तावापतको रकम बुझेका छन् ।

भूकम्पबाट क्षति भएका जिल्लाका ११२ गुम्बाको पुनःनिर्माणका लागि सर्भे गर्ने काम सम्पन्न भई प्राधिकरणमा पठाइसकिएको प्रमुख रेग्मीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *