उत्तर दक्षिण कोरिया बास्केटबल ‘डिप्लोमेसी’

सोल, १९ असार (रासस÷एएफपी) ः दक्षिण कोरियाका एकजना उच्च सरकारी अधिकारीले नेतृत्व गरेको दक्षिण कोरियाका बास्केटबल खेलाडीहरुको एक समूह मङ्गलबार उत्तर कोरिया प्रस्थान गरेको छ । दक्षिण कोरियाका दर्जनौँ बास्केटबल खेलाडीसहित उनी मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारमा जनाइएको छ । यस घटनालाई केही सञ्चारमाध्यमहरुले उत्तर र दक्षिणको ‘बास्केटबल डिप्लोमेसी’ भनी […]

Continue Reading

जापान विश्वकपबाट बाहिरियोे

मस्को, १९ असार (रासस÷एएफपी) ः रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलको सोमबारको खेलपछि जापान पनि बाहिरिएको छ । बेल्जियमले जापानलाई ३–२ गोल अन्तरमा पराजित गरेको थियो । मध्यान्तर अघिसम्म जापान र बेल्जियम दुबैले गोल गर्न नसकेकोमा दोस्रो हापमा दुई गोल गर्दै बेल्जियमले जापानी टोलीलाई पराजित गरेको थियो । यसपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्ने जापान तेस्रो एसियाली […]

Continue Reading

भरतपुर अस्पतालको दुर्गन्ध हट्ने

चितवन, १९ असार (रासस) ः भौतिक संरचना, उच्चस्तरका उपकरण, दक्ष जनशक्ति भएर पनि दुर्गन्धका कारण समस्या बनेको भरतपुर अस्पतालको दुर्गन्ध अब हट्ने भएको छ । सरकारी अस्पतालमध्ये नेपालकै नमूना अस्पताल बन्दै गएको यस अस्पतालको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको फोहोर र त्यसवाट हुने दुर्गन्ध नै हो । अस्पतालले ‘एन आर एन क्लिन’ नेपाल र खेम्स […]

Continue Reading

दुईवटै मिर्गौलामा समस्या हुँदा सहयोगको याचना

काठमाडौँ, १९ असार (रासस) ः भूकम्पपीडित रमिता कार्कीका दुईवटै मिर्गाैला फेल भएर लामो समयदेखि अस्पतालमा उपचारका क्रममा रहेपछि आश्रित परिवारले सहयोगको आग्रह गरेका छन् । दोलखाको भीमेश्वर नगरपालिका–८ जिलु स्थायी बसोबास गर्दै आउनुभएकी कार्की विगत सात महिनादेखि काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार गराइरहनुभएको छ । विसं २०७२ मा पटकपटक गएको भूकम्पबाट दोलखाकै सिंगटीलाई केन्द्र […]

Continue Reading

विरोध प्रदर्शनका लागि स्थान तोकिँदा जनजीवन सहज हुने अपेक्षा

– प्रकाश सिलवाल काठमाडौँ, १९ असार (रासस) ः सरकारले विरोध प्रदर्शन गर्न पाइने भनेर निश्चित स्थान तोकिदिएपछि काठमाडौँ उपत्यकाको सवारी आवागमन र व्यापार व्यवसायमा सकारात्मक प्रभाव पर्ने देखिएको छ । लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनु नागरिकको मौलिक हक भएपनि मुख्य बजार र मुलुकको केन्द्रीय निकायको प्रवेशमार्गमा रहेको माइतीघर मण्डलाजस्ता स्थानमा हुने विरोध प्रदर्शनले […]

Continue Reading

समालोचक प्रसार्इंको स्मृति ग्रन्थको लोकार्पित

काँकडभिट्टा, १९ असार (रासस) ः वरिष्ठ समाचोलक गणेशबहादुर प्रसार्इंको स्मृति ग्रन्थ आज झापा, धुलाबारीमा लोकार्पण गरिएको छ । प्रा गोविन्दराज भट्टराई सम्पादक रहेको उक्त ग्रन्थ एक हजार २०० पृष्ठको छ जुन तीन वर्ष लगाएर प्रकाशन गरिएको हो । प्रसाईंका केही लेखरचना र उहाँसँग सम्बन्धित विभिन्न लेखकद्वारा लेखिएका सामग्री ग्रन्थमा समाविष्ट छन् । गणेशबहादुर प्रसाईं स्मृति […]

Continue Reading

चीन र भारत जोड्ने आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने

काठमाडौँ, १९ असार (रासस) ः सरकारले दुई छिमेकी देशसँग ऊर्जा आदान प्रदानका लागि विभिन्न स्थानमा आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको छ । सन् २०४० सम्मका लागि तयार पारेको प्रसारण लाइन गुरुयोजनाअनुसार भारततर्फ ६ वटा अन्तरदेशीय प्रसारण लाइन र चीनतर्फ तत्कालका लागि दुई अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइन […]

Continue Reading

सूचना टाँस गरी बैठक स्थगित

पोखरा, १९ असार (रासस) ः प्रदेश नं ४ को आज १ः०० बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । उपसभामुख सिर्जना शर्माले जारी गर्नुभएको सूचनामा आज बस्ने भनिएको बैठक विशेष कारण जनाइ असार २१ गते दिनको २ः०० बजेसम्मका लागि सारिएको छ । स्रोतका अनुसार आजको बैठकमा प्रदेशको नामकरण सम्बन्धमा छलफल गरिने […]

Continue Reading

सामान्य अंकले बढ्यो शेयर बजार

काठमाडौँ, १९ असार (रासस) ः लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने सामान्य बिन्दुले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार शेयर बजार मापक परिसूचक नेप्से ०.६५ बिन्दुले बढेर एक हजार १८०.३६ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ परिसूचकसमेत ०.२२ बिन्दुले बढेर २४८.२५ बिन्दुमा पुगेको छ । आज […]

Continue Reading