पछिल्लो २४ घण्टामा ८५२० जनामा कोरोना पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३१ बैशाख

पछिल्लो २४ घण्टामा देशभर नेपालमा आठ हजार  ५२०  जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा २० हजार ९४८  जनाको पीसीआर विधि र ५३० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार ५२९  जना संक्रमित पुष्टि भएका हुन्। पिसिआर विधिबाट आठ हजार ४६७ र एन्टीजेन विधिबाट ५३ संक्रमित पुष्टि भएका छन्।

२४ घण्टामा २०३ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार ६६९ जनाको मृत्यु भएको छ।
यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख ७ ३३६ हजार पुगेको छ।  ५१६ जना व्यक्ति क्वारेन्टाइनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ६  हजार १३५ जना व्यक्ति निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *