आज देशभर २८१७ जना कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ कात्तिक

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ८१२ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५७ हजार ९२६ जना निको भएका छन्।

आज देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा २१ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११०८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पिसिआर परीक्षण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *