थप २१ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११ सय नाघ्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ कात्तिक

फाइल तस्बिर

 नेपालमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय नाघेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ हजार १ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ८१२ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५७ हजार ९२६ जना निको भएका छन्।

आज देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *