ब्रम्हायणी पीठमा सरसफाइ

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

भक्तपुर, १ साउन

भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार ब्रम्हायणी पीठ परिसरमा नियमित कार्यक्रम अन्तरगत सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विभिन्न संघसंस्था, टिमक्लव तथा विद्यालयहरुबाट स्वयमसेवा भावनाले सरसफाइमा सहभागी भएका छन् । कार्यक्रममा सम्बोधन गर्दै भक्तपुर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष उकेश कवांले सरसफाइले विभिन्न खालका रोगव्याधीबाट मुक्त गर्ने बताए । उनले भक्तपुर नगरका विभिन्न ठाउँहरुमा नियमित रुपमा प्रत्येक महिनाको १ गते र १५ गते सरसफाइ कार्यक्रम गरिरहेको जानकारी गराए ।

वडा नं. ९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्वले सरसफाइमा उत्साहजनक रुपमा सहभागिता जनाएका संघसंस्था टिम क्लव तथा विद्यालयलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा हुने यस्ता कार्यक्रममा सहभागिताको लागि अनुरोध गरे । उनले सरसफाइ कार्यक्रमले सफाइ सम्बन्धी चेतना जागृत गर्न खोजेको बताए ।


कार्यक्रममा वडा नं. ९ का महिला सदस्य छोरीमाया सुजखु प्रजापतिले पनि बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *