आर्थिक मन्दीको प्रभावले नछुने जागिर 

न्यूज अपडेट संवाददाता एजेन्सी, ३१ असार पछिल्लो समय दिनहुँजसो हामीहरू विश्वव्यापी आर्थिक मन्दी निम्तने चेतावनीहरू सुनिरहेका छौं । महँगी आकाशिने क्रम जारी छ । लगानीकर्ताहरू त्रस्त बन्दा शेयर बजार ओरालो लागेका छन् । कम्पनीहरूले धमाधम कर्मचारीलाई कामबाट निकालिरहेका छन् । धेरै कम्पनीले नयाँ कर्मचारी भर्ना रोकेका छन् । केहीले जब अफर नै खारेज गरिरहेका छन् […]

Continue Reading

बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको घुइँचो

न्यूज अपडेट संवाददाता वर्दिया, ३१ असार अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी गर्छन् । मङ्गलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी गरेर फर्केका जर्मनी र इजरायलबाट आएका पर्यटक […]

Continue Reading

डाक्टर र इञ्जीनियरले नै तिर्दैनन् कर

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ असार डाक्टर तथा इन्जीनियरसहित विभिन्न पेशामा संलग्नले कर नतिरेको पाइएको छ। महालेखाको प्रतिवेदनअनुसार चिकित्सक, इञ्जीनियर, वकिल, सल्लाहकार, लेखापरीक्षक, कलाकार, खेलाडी, शिक्षक प्राध्यापकलगायतका पेशाविद्, अधिकांशले स्थायी लेखा नम्बर नलिएका र लिएकाले समेत आय विवरण दाखिला नगरेको उल्लेख गरिएको छ। महालेखाले ५८औँ प्रतिवेदनमा समेत पेशाविद्हरूले आफ्नो पेशागत प्रमाणपत्रलाई नवीकरण गर्दा कर चुक्ता […]

Continue Reading

ताथली, गुण्डु र बोडे स्वास्थ्यचौकी उत्कृष्ट

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ असार सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डु स्वास्थ्यचौकी न्यूनतम सेवा मापदण्ड कार्यक्रममा यस वर्ष पहिलो भएको छ। स्थानीय तहमा प्रवाह गरिने स्वास्थ्य सेवाको गुणस्तर मापन एवं सुधारका लागि निर्माण गरिएको न्यूनतम सेवा मापदण्डअनुसार काम गरेका आधारमा सो चौकी उत्कृष्ट बनेको हो। स्वास्थ्य कार्यालय भक्तपुर र सूर्यविनायक नगरपालिकाको संयुक्त टोलीले गरेको मुल्याङ्कनका आधारमा […]

Continue Reading