बढ्यो डेंगु, टेकु अस्पतालमा एउटै बेडमा दुई जना बिरामी राख्नुपर्ने बाध्यता

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ भदाै टेकुमा अहिले दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन्। शुक्रराज अस्पतालसहित देशका अन्य अस्पतालमा पनि डेंगुका बिरामीको चाप तीव्र रुपमा बढीरहेको चिकित्सकहरुले बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनका अनुसार आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई […]

Continue Reading

उपत्यकामा खानेपानी व्यवस्थापन एवम् संस्थागत सबलीकरण’ विषयक छलफल

न्यूज अपडेट संवाददाता भक्तपुर, १४  भाद्र नेपाल सरकार खानेपानी मन्त्रालयको आयोजनामा काठमाडौं उपत्यकाभित्रका ७ वटा महानगर तथा नगर प्रमुखहरूबीच ‘उपत्यकामा खानेपानी व्यवस्थापन एवम् संस्थागत सबलीकरण’ विषयक छलफल कार्यक्रम सोमबार मन्त्रालयको सभाहलमा सम्पन्न भयो । कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी उपत्यकामा पठाउन ढिलाइ गर्न नहुने बताउदै भक्तपुरको मुख्य पानीको स्रोत नगरकोटलाई सरकारले जलाधार […]

Continue Reading

२२६ जनामा कोरोना संक्रमण, २२३ संक्रमणमुक्त

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ भदाै पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११ जनाको परीक्षणमा २२६ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार १५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१जनामा संक्रमण देखिएको छ। योसँगै कोरोना भाइरसको […]

Continue Reading

तीजको दर: अपाच्य होइन पोषिलो खाना उत्तम

न्यूज अ पडेट संवाददाता काठमाडाैं, १३ भदाै चिकित्सक भन्छन्- ताजा दूधबाट तयार पारिने खाद्य पदार्थ सेवन गर्नु स्वास्थ्यका लागि हितकार चिकित्सकले बर्तालु महिलालाई तीजमा अपाच्य होइन, पोसिलो खानेकुरा खान सुझाव दिएका छन्। हरितालिका तीज पर्वलाई महिलाले मीठोमसिनो खाना खाने पर्वका रुपमा पनि लिने गरेका छन्। तीजमा महिला अनिवार्य व्रत बस्छन् र व्रत बस्दा भोक नलागोस् […]

Continue Reading

भक्तपुर बचतको आ.व. २०७८/०७९ को वासलात ३ अर्ब ४४ करोड ७९ लाख

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ भदौ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आ.व. २०७८÷०७९ को वासलात ३ अर्ब ४४ करोड ७९ लाख पुगेको छ । त्यसमध्ये संस्थाको कूल बचत २ अर्ब ८२ करोड ३६ लाख रुपैयाँ, ऋण लगानी २ अर्ब ९१ करोड ८८ लाख रुपैयाँ, शेयर पूँजी १५ करोड ५ लाख रुपैयाँ रहेकोमा संस्थाको […]

Continue Reading

ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नर्सिङको नयाँ भर्ना खुल्ने

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ भदौ भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नर्सिङका नयाँ विद्यार्थीहरूको भर्ना सम्बन्धी बुझ्न सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीसँग भेट गरेको छ । भेटमा प्रमुख प्रजापतिले सरकारलाई बलियो बनाइ शिक्षा, स्वास्थ्य, सरसफाइ र पूर्वाधार विकास गर्दै जनताको जीवनस्तर उकास्न भक्तपुर नगरपालिका निरन्तर लागिपरेको जानकारी गराउँदै कर्मचारीहरूको […]

Continue Reading

वागीश्वरीमा बीबीए सञ्चालन गर्न सम्भाव्यता अध्ययन

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ भदौ पूर्वाञ्चल विश्वविद्यालय, उपकुलपतिको कार्यालयबाट ‘वागीश्वरी कलेज अफ म्यानेजमेन्ट’ भक्तपुरले बीबीए शैक्षिक कार्यक्रम सञ्चालन गर्न मंलगबार सम्भाव्यता अध्ययन गरिएको छ । उक्त शैक्षिक कार्यक्रम सञ्चालन गर्न दिइएको आवेदनको आधारमा सम्बन्धन दिन मिल्ने वा नमिल्ने सम्बन्धमा यथार्थता अध्ययन गरी प्रतिवेदन पेश गर्न गठित समितिका पदाधिकारीहरुले उक्त अध्ययन गरेको हो । सो […]

Continue Reading

४८७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ भदाै नेपालमा थप ४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टीजेन विधिबाट २४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो। पछिल्लो २४ कोभिड–१९ को संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। त्यस्तै १६४ जना […]

Continue Reading

पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६  भाद्र पछिल्लो २४ घण्टामा ६५८ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६६४३ जनाको परीक्षणका क्रममा ६५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ४५६ जना संक्रमित निको भएका छन्। यो अवधिमा मृत्यु हुनेको सख्या एक जना रहेको छ। देशभर हाल ४२९६ जना सक्रिय […]

Continue Reading

बेलायतमा नर्स लैजान गरिएको सम्झौताका ८ बुँदा

न्यूज अपडेट संवाददाता काठमाडाैं , ६ भाद्र रोजगारीका लागि बेलायतमा नेपाली नर्स लैजानको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ। स्वास्थ्य क्षेत्रका जनशक्ति लैजाने विषयमा आज (सोमबार) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सम्झौतामा हस्ताक्षर भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले […]

Continue Reading