मदिरा व्यवसायी संघ भक्तपुरमा जीवन छुस्याकी चयन

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १२ चैत


शनिवार भएको मदिरा व्यवसायी संघ, भक्तपुरको प्रथम साधारणसभा तथा प्रथम अधिवेशनबाट जीवन छुस्याकीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ ।

भक्तपुरका ७० मदिरा व्यवसायी संलग्न रहेको उक्त संघको साधारणसभा बाँसुरीको धुनसँगै मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले उद्घाटन गरेको थियो । प्रमुख अतिथिसमेत रहेका शेर्पाले भ्रष्टाचारै भ्रष्टाचारमा जकडिएको देशमा राजस्वले समेत नछोडेकाले व्यवसायी मर्कामा परेको बताए ।

आयोजक संघका अध्यक्ष श्यामकृष्ण प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा मदिरा व्यवसायी संघ, काठमाडौंका गोविन्द बराल, ललितपुरका उपेन्द्र लाखे, काभ्रेका कुवेर सापकोटा, भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोशनी मैया धौवञ्जार, नेपाल वितरक संघका अध्यक्ष राजेन्द्र सिंखडाले शुभकामना मन्तव्य दिएको थियो ।

विश्वनाथ हेङ्गजुले स्वागत गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि शेर्पाले सहयोगीहरुलाई प्रशंसा पत्र तथा मायाको चिनो वितरण गरेको थियो ।
बन्द सत्रको अधिवेशनबाट कार्यसमितिका लागि चयन भएका नयाँ पदाधिकारीहरुमा कृष्णराम खोंजू उपाध्यक्ष, सरोज खिमु श्रेष्ठ सचिव, विश्वनाथ हेंग्वजु कोषाध्यक्ष र सदस्यहरुमा शिव सुन्दर श्रेष्ठ, मुकुन्द बहादुर प्रधानाङ्ग, ओम मल्ल, बल बहादुर श्रेष्ठ र विनोद श्रेष्ठ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *