बागमतीका ६ जिल्लामा बर्डफ्लु, संक्रमण फैलन नदिन उच्च सतर्कता

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, १० चैतsharethis sharing button

बागमती प्रदेशका छ जिल्लामा बर्डफ्लु फैलिएको छ। हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु देखिएको कृषि तथा पशुपक्ष विकास मन्त्रालयले जानकारी दिएको छ।  मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार बर्डफ्लुका कारण हालसम्म करिब रु तीन करोड भन्दाबढीको क्षति भएको अनुमान गरिएको छ।

प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा संक्रमण विभिन्न जिल्लामा फैलिरहेको छ। बर्डफ्लु देखिएका स्थानमा हालसम्म ५८ हजार २६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४३९ केजी दाना सुरक्षित तरिकाले नष्ट गरिएको पनि सचिव पाण्डेले बताए। सङ्क्रमण देखिएका स्थानमा पूर्णरूपमा निःसङ्क्रमणका कार्य गरिएको र अन्यत्र फैलन नदिन नमूना संकलन र निगरानी भइरहेकोसमेत मन्त्रालयका सचिव पाण्डेले जानकारी दिए।

बर्डफ्लुका कारण काठमाडौंमा १९ हजार ५०६ वटा पक्षी, पाँच हजार ६५२ वटा अण्डा र चार हजार १०८ किलो दाना नष्ट गरिएको छ ।

त्यस्तै चितवनमा नौ हजार ६७० पक्षी, दुई हजार ३८६ वटा अण्डा, एक हजार ५०० किलो दाना, भक्तपुरमा २४ हजार ३१९ वटा पक्षी, १३ हजार ९० वटा अण्डा, दुई हजार ९०० किलो दाना, मकवानपुरमा ३१६ वटा पक्षी, १६ वटा अण्डा, २ किलो दाना, ललितपुरमा दुई हजार २६२ वटा पक्षी, ९०० किलो दाना र सिन्धुपाल्चोकमा दुई हजार १ वटा पक्षी र एक हजार ९५० किलो दाना नष्ट गरिएको छ।

छ जिल्लामा बर्डफ्लुका कारण ५७ हजार ११४ वटा विभिन्न जातका कुखुरा नष्ट गरिएको कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव पाण्डेले उल्लेख बताए। सङ्घीय सरकारले तोकेको मापदण्ड र नीतिअनुसार क्षति बेहोरेका कृषकलाई राहतस्वरुप क्षतिपूर्ति दिने सरकारको योजना रहेको उनले जानकारी दिए। मन्त्रालयले बर्डफ्लुुको समयमै निदान र नियन्त्रणका लागि विभिन्न पहल गरिरहेको उनको भनाइ छ। प्रदेशका अन्य जिल्लामा बर्डफ्लु फैलन नदिन परीक्षणको दायरालाई फराकिलो बनाइएको समेत उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *