भनपामा दुई दिने पर्ल्स विश्लेषण तालिम शुरु

विशेष समाचार शिक्षा समाचार

भक्तपुर २९ बैशाख

भक्तपुर नगरपालिकाद्वारा आयोजित दुई दिने पर्ल्स विश्लेषण तालिमको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दिप प्रज्ज्वलन गरी उद्‍घाटन गरे।

प्रमुख प्रजापतिले सहकारी संस्था व्यक्तिगत भन्दा संस्थागत हितलाई ध्यानमा राखेर पारदर्शी ढंगले सञ्चालन गर्नुपर्ने बताए। उनले सहकारी संस्थाहरुले देशको अर्थतन्त्रलाई सहयोग पुग्ने गरी उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने र सीपमूलक तालिमहरु संचालन गरेर युवाहरुलाई रोजगारी प्रदान गर्नुपर्नेमा जोड दिए । उनले सहकारी संस्थामा कार्यरत कर्मचारीहरुले सञ्चालकहरुको दबाबमा नपरी नीति नियमको आधारमा काम गर्नुपर्ने र उनीहरुको योग्यता सम्पन्न कार्यबाट मूल्यांकन हुने हुँदा सबै कर्मचारीहरुले आ–आफ्नो जिम्मेवारी गम्भीरताका साथ पूरा गर्नुपर्ने बताए ।

उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिका शिक्षा, स्वास्थ्य, सरसफाई र खेलकुदलाई प्राथमिकतामा राखी अगाडी बढिरहेको बताउँदै सबै नागरिकहरु शिक्षित र स्वस्थ हुनुपर्नेमा जोड दिए । समाजलाई व्यवस्थित गर्न समाजका सबै पक्षहरुको सहकार्य र समन्वयको आवश्यकता रहेको बताए ।

आर्थिक समितिका संयोजक एवं वडा नं. २ का वडाअध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नपाले सहकारी ऐन बारे सहकारी संस्थाहरुका सम्बन्धित पक्षहरुलाई अभिमुखीकरण, अन्तरक्रिया, भेला लगायतका कार्यक्रम संचालन गर्दै सहकारी संस्थाहरुको अनुगमन गरिरहेको बताए।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं प्रशिक्षक कृष्णगोविन्द लाखाजुले पल्र्स विश्लेषण तालिम सहकारी संस्था व्यवस्थित रुपमा संचालन गर्न महत्वपूर्ण हुने बताए । कार्यक्रममा वडा नं. ६ का वडाअध्यक्ष हरिराम सुवालले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *