लगातार तेस्रो दिन कोरोना संक्रमितको संख्या सय भन्दा कम

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २३ फागुन

नेपालमा लगातार तेस्रो दिन कोरोना संक्रमितको संख्या सय भन्दा तल झरेको छ। पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यसअघि आइतबार ६८ जनामा कोरोना सक्रमण भएको थियो भने शनिबार ९१ जनामा संक्रमण पुष्टि भएको थियो।

पछिल्लो २४ घण्टामा  ८६३८ नमुना परीक्षण गर्दा ८८ जनामा कोरोना देखिएको हो। ६१३४ जनाको पीसीआर परीक्षण गर्दा ६६ जना र २४९३ एन्टिजेन परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यही अवधिमा ३७६ संक्रमणमुक्त हुँदा एक जनाको मृत्यु भएकाे छ। हाल सक्रिय सक्रमितको संख्या ६१५० रहेकाे छ।

No photo description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *