सय शैय्या क्षमताको अस्पताल सञ्चालनमा मुख्यमन्त्री पाण्डे सकारात्मक

राजनीति विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, १४ माघ


बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग मुख्यमन्त्री कार्यालय हेटौडामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नेमकिपा बागमती प्रदेशका सांसदद्वय सुरेन्द्रराज गोसाइँ र सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी सम्मिलित टोलीले बुधबार मुख्यमन्त्रीको कार्यकक्षमा भेट गरेको छ । भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्तरोन्नति र १०० शैय्या क्षमताको अस्पताल सञ्चालन स्वीकृतिको लागि आग्रह गर्दा मुख्यमन्त्री पाण्डे सकारात्मक रहेकाे छ।
भेटमा मुख्यमन्त्री पाण्डेले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सम्पदा पुनःनिर्माणमा गरिरहेको प्रगति र कार्यहरुबारे अवगत रहेको र नपाका गतिविधिहरु जनतालक्षित भएको बताए ।

स्थानीय तहबाट सञ्चालित ख्वप अस्पतालबाट व्यापक जनताको हित हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री पाण्डेले ख्वप अस्पताललाई १०० बेडको स्वीकृति प्रदान र आवश्यक सहयोग गर्न सकारात्मक रहेको र आवश्यक प्रक्रिया अगाडि बढाउन स्वास्थ्यमन्त्री लगायत सम्बन्धितलाई निर्देशन दिने बताए ।

मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशले समाजवादउन्मुख कार्यक्रमहरुलाई प्राथमिकतामा राख्दै कार्य गर्ने सोचले अगाडि बढिरहेको बताउँदै बागमती प्रदेशअन्तर्गत उच्च शिक्षा समितिको विधेयक हाल विचाराधीन अवस्थामा रहेको र सो विधेयकमा सक्षम स्थानीय तहले विश्वविद्यालय सञ्चालन गर्न सकिने व्यवस्था समेत रहेको उनले प्रष्ट पारे ।

भेटमा नगर प्रमुख प्रजापतिले ख्वप अस्पताल १०० शैय्या क्षमताको अस्पताल सञ्चालन गर्न अनुमतिको लागि मुख्यमन्त्रीसमक्ष अनुरोध गर्दै ख्वप अस्पताललाई स्थानीय तहबाट सञ्चालित देशकै नमुना अस्पतालको रुपमा सञ्चालन गरी जनताको सेवा गर्ने बताए ।
साथै उनले ख्वप विश्वविद्यालय सञ्चालन गर्न भक्तपुर नपाले आवश्यक भौतिक पूर्वाधारको पनि तयारी गरिरहेको अवगत गराउँदै सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न अनुमति दिनुपर्ने बताए ।

भक्तपुर नपाले सर्वसाधारण जनताको आधारभूत स्वास्थ्यसम्बन्धी आवश्यकतालाई दृष्टिगत गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले हाल ख्वप अस्पतालको रुपमा सञ्चालनमा रहेको उनले अवगत गराए ।

टोलीले प्रदेश स्वास्थ्य मन्त्री निमा लामा र स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक नरेन्द्रकुमार झासँग भेटी ख्वप अस्पताल र कोभिड रोकथाम तथा नियन्त्रणमा भएका विविध गतिविधिहरुबारे छलफल भएकाे जानकारी  दिएकाे छ।

सोही क्रममा नगर प्रमुख प्रजापतिले ख्वप अस्पतालको प्रारम्भिक वातावरणीय परीक्षणका लागि तयार पारिएको प्रतिवेदन र स्वमूल्यांकन प्रतिवेदनलगायत अस्पतालका थप शैय्या स्वीकृतिका लागि आवश्यक कागजातहरु पनि हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *