कोरोना संक्रमितको संख्या बढ्दै, थप ५४० जनामा संक्रमण पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २२ पुस

पछिल्लो दिनमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ हजार ९९ जनामा परीक्षण्न गर्दा ५४० जनामा संक्रमण देखिएको छ।  ७ हजारको पीसीआर परीक्षणमा ४७८ जनामा कोभिड १९ पोजिटिभ देखिएको हो।

यस्तै, ४ हजार ८९० जनामा एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सोमबार २७१ जना डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३० हजार ४८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ४४५ जना पुगेको छ।  संक्रमितमध्ये हालसम्म ८ लाख १३ हजार ४४७ जना निको भएका छन्।  यस्तै हाल देशभर कोरोनाबाट ११ हजार ६०२ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ जना रहेका छन्। जसमध्ये ५ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन् भने ३६२ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ७९ जना आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत् छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *