आधारभूत तहको परीक्षा मर्यादित बनाउन सपथ ग्रहण

शिक्षा समाचार

न्यूजअपडेट संवाददाता
भक्तपुर, ८ पुस


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरस्तरीय आधारभूत तह (कक्षा ५ र ८) को परीक्षा मर्यादित बनाउन बिहीबार शिक्षकहरुलाई सपथ ग्रहण गराको छ ।
भक्तपुर नगरपालिकाअन्तर्गत आधारभूत तह उत्तीर्ण परीक्षा २०७८ समितिका अध्यक्ष प्रेमगोपाल कर्माचार्यसहित समितिका सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएको हो ।
कार्यक्रममा सामूहिक परीक्षा समिति, संयुक्त मावि संयुक्त परीक्षा समिति, प्याब्सन, इसान, एन.प्याब्सनका प्रतिनिधिहरुले आधारभूत तहको परीक्षा गोप्य, शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न गर्न सपथ ग्रहण लिएको छ ।
उक्त अवसरमा नगर प्रमुख प्रजापतिले परीक्षा विद्यार्थीको सिकाइ मूल्यांकन गर्ने महत्वपूर्ण माध्यम भएको र यसलाई मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय परीक्षा सञ्चालन महत्वपूर्ण भएको बताए ।
भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रमबमोजिम यस वर्षदेखि कक्षा ५ को नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन हुने र उक्त परीक्षाको व्यवस्थापन यसै समितिबाट गरिने भएको छ ।
शपथग्रहणपश्चात बसेको नगर शिक्षा समिति र आधारभूत परीक्षा समितिको संयुक्त बैठकले कोभिड महामारीको कारण यस शैक्षिक वर्ष २०७८ मा शैक्षिक क्षति न्युन गर्न यस नगरपालिकाद्वारा प्रकाशित शैक्षिक क्यालेन्डरमा संशोधन गरी हिउँदे बिदा मिति २०७८ माघ १ गतेदेखि ८ गतेसम्म दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *