काठमाडौं उपत्यकामा १४८ कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूजअपडेट संवाददाता
काठमाडाैं, ८ पुस

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०१ जना, भक्तपुरमा १३ जना र ललितपुरमा ३४ जना कोरोना संक्रमित थपिएका हुन्।

विहिबार देशभर २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५१० जनाको पीसीआर परीक्षणमा २४१ र २ हजार ११६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *