पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमित निको भए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ११ जेठ

आज देशभर ६ हजार ४०४ जना ‌ कोरोना संक्रमित निको भएका छन्। हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमित भई निको भइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा देखिएका कुल संक्रमितमध्ये ७६ दशमलव ५६ प्रतिशत संक्रमित निको भएका छन्।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी २२ हजार ३०६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा ८ हजार ३८७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा ६३० जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट २४९ जनामा संक्रमण पुष्टि भएको हो।

मंगलबार थपिएका समेत गरी नेपालमा हालसम्म कोरोना भाइरसको संत्रमण हुनेको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *